१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

मंसिर ४ को निर्वाचनका लागि दल दर्ता सुरु, सीके राउतको जनमत पार्टी १ नम्बरमा दर्ता



काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टी ९जपा० निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।

पार्टी उपाध्यक्ष ई. बसन्त कुशवाहा, बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

जनमत पार्टीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत भाग लिएको थियो । सो पार्टीले सप्तरीमा दुई स्थानीय तह र १८ वडा जितेको थियो । जनमत पार्टीका अध्यक्ष राउतले आगामी निर्वाचनमा सहकार्यका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १२ : ०७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग