२८ मंसिर २०८२, आइतबार | December 14, 2025

केन्द्रीय सदस्य राईले छाडे बाबुराम भट्टराईको साथ



खोटाङ । वैकल्पिक शिक्षाको अभियान्ता सुर्यबहादुर राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयपछि राईले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराई निकट राई नवगठित नेपाल समाजवादी पार्टीमा आवद्ध हुने अनुमान गरिएको थियो ।

भट्टराई जसपाबाट अलग हुनु अगाडि राई जसपाका केन्द्रीय सदस्य थिए । तर, उनले आइतबार सामाजिक सञ्जालमार्फत नेपाल समाजवादी पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराईको साथ छाडेपनि समावेसी, सुशासन र समृद्धिको लागि बैकल्पिक राजनितीको यात्रा भने जारी राख्ने राईले बताएका छन् ।

राईले बैकल्पिक शक्तीको उदयका लागि नयाँ सोचका साथ देशव्यापी अभियान सञ्चालन भइरहेको प्रतिक्रिया दिए । ‘नेपालको आर्थिक, सामाजिक अवस्था परिवर्तनको अभियानमा सामेल हुनुपर्छ भन्ने सोच आयो । यसै सोचका साथ उत्साहित भएर बैकल्पिक राजनीतिक यात्रा तय गरियो । यो यात्रामा बैकल्पिक राजनीतिको गन्तव्य ठिक ढंगले अगाडि बढेन ।

यस अभियानमा पनि बैचारिक तथा ब्यबहारिक बिचलन देखियो । बैकल्पिक सोच नै बिघटनको दिशातिर उन्मुख भयो,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, मुलुकमा बैकल्पिक राजनीतिको आबश्यकता झनै बढेर गएको छ । अब यसै विचार र मुद्धा कै आधारमा अगाडि बग्ने निष्कर्षमा पुगेँ । हाम्रा मुल मुद्धाहरु समाबेसी, सुशासन र समृद्धिको लागि बैकल्पिक राजनीति यात्राबाट कत्ति पनि बिचलित भएको छुइँन ।’

राईले कृषिविज्ञ मदन राईसँगको सहकार्यमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा शुभम फाउण्डेसनमार्फत व्यवहारिक शिक्षाको अभ्यास गर्दै आएका छन् । कृषिविज्ञ राईले शनिबार नै डा. भट्टराईसँगको साथ छाडेको घोषणा गरिसकेका छन् । यस्तै, जसपाका नेता मोहन गुरुङले पनि राजनैतिक एजेण्डा कायम राख्नेगरी स्वतन्त्र भएको घोषणा गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : १९ बजे

कोरला सडक आयोजनामा आठ अर्ब खर्च

मुस्ताङ । यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, बन्दसत्र १२:३० बजे सर्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक

विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै

काठमाडौँ । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन

निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौँ । ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत