४ चैत्र २०८२, बुधबार | March 18, 2026

पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक



काठमाडौं । पार्टीको १४ औं महाधिवेशन लगत्तै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्ने निर्णय गरेका थिए । सो निर्णलगत्तै कांग्रेसको पदाधिकारीदेखि केन्द्रीय समिति बैठकसमेत पार्टी कार्यालय सानेपामा बस्न थालेको थियो ।

असारसम्म पार्टी सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यालयमा हुने बैठकमा सहभागी हुने गरेका थिए । प्रायः बैठक उनले सानेपामै बस्ने गरी डाकेका थिए । तर, अहिले फेरि उनी पुरानै बाटोमा फर्किएका छन् । अर्थात् पार्टीको बैठक बालुवाटारमै डाक्न थालेका छन् । जसअनुसार सोमबार कांग्रेस पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।

अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीले एमाले र तत्कालीन नेकपाको प्रायः सबै बैठक बालुवाटारमै राख्ने गर्थे । जसकारण राज्यलाई अतिरिक्त आर्थिक भार थपिने गरेको थियो । बालुवाटारबाटै सरकार र पार्टी चलाएको भन्दै ओली निकै आलोचित भएका थिए । सर्वसाधारण जनता ओलीको सो निर्णयबाट निकै रुष्ट बनेका थिए ।

ओली यसरी आलोचित बनेको देखेपछि कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले पार्टीको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाउने निर्णय गरेका थिए । तर, पार्टी सभापति देउवाले सोमबार पहिलेको निर्णय लत्याएका छन् । स्रोतका अनुसार पार्टी उपसभापति पूर्णबहादुर खड्का कोरोना संक्रमित भई निवासमै आइसोलेसनमा बसेपछि देउवाले बालुवाटारमा पदाधिकारी बैठक राखेका हुन् । यसअघिका सबै बैठकमा देउवाले उपसभापति खड्कालाई आवश्यक निर्णय गर्ने जिम्मेवारी दिएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ४ : २६ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन