१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बुटवलमा सडक राजनीति : कालोसूचीमा राख्न माग भएका ठेकेदारलाई छलफलमा बोलाएर सफाईको मौका



बुटवल । बुटवल बेलहिया सडकको निर्माणको काम समयमा सम्पन्न नगरेका कारण स्थानीयबासीले ठेक्का सम्झौता खारेज गरि ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न माग गरिरहेका बेला बुटवल उपहमानगरपालिकाले स्थानीयबासीसहित नियमन गर्ने निकायलाई एकैठाँउमा बोलाएर ठेकेदार कम्पनीलाई समयमा काम गर्न नसक्नुको कारण खुलाउने मौका प्रदान गरेको छ ।

बुटवल राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे ३ र बेलहिया नाकादेखि देवकोटा चोकसम्मको अलपत्र सडक सक्न चौतर्फी दबाब बढेका बेला बुटवल उपमहानगरले सरोकारवालाबीच अन्तक्रिया राखेर ठेकेदार कम्पनीलाई सफाई दिने मौका प्रदान गरेको हो ।

ठेक्का सम्झौता रद्द गरि ठेकेदार कम्पनीलाई कारवाही गर्न जनदवाव बढेका बेला बुटवल र सिद्धार्थनगरपालिकाका प्रमुखसहितको दुई वटा समिति गठन गरि ठेकेदार कम्पनीलाई काम गराउने र सात/सात दिनमा प्रगति रिर्पोट तयार गरेर स्थानिय पालिका सहित जिल्ला प्रशासन कार्यालयमा जानकारी दिने लिखित सहमती समेत गरिएको छ । बुटवल उपमहानगरपालिका, नगरपालिकाको कार्यालयले सोमबार बुटवलमा बेलहिया बुटवल गोलपार्क ब्यापारिक सडक बिस्तार आयोजनाका सन्दर्भमा सरोकारवालाहरुको अन्तरक्रिया पछि यस्तो सहमति भएको हो ।

कार्यक्रमको शुरुवातमा निर्माणका सरोकारवालाहरु एक अर्काबिच आरोपप्रत्यारोप गर्नमा ब्यस्त देखिएपनि अन्तमा मौजुदा ठेकेदार कम्पनी जेबि कंचलजंगा बिरुवा कन्ट्रक्सनलाई काम गर्न दिने सहमति भएको हो ।

लोमो समय सम्पर्क बिहिन रहेको ठेकेदार कम्पनीका संचालक सुमित श्रेष्ठले अन्तरक्रिया कार्यक्रममा उपस्थित भएर बिद्युत र केही स्थानीयले साईड क्लियर नगरिदिएका कारण समयमा काम सम्पन्न नभएको भन्दै बिद्युत, खानेपानी, टेलिकम र स्थानीयबासीलाई दोष लगाए । उनले पटक पटक आफुले काम गर्न नसक्ने जानकारी दिएपनि आफुलाई जबर्जस्ती काम गर्न लगाईएको पनि बताए ।

श्रेष्ठले सडकको अस्पाल, साइड ड्रेन निर्माण, ड्रेन कभर हाल्न, सब बेस वर्क लगायतका काम असोजसम्म पुरा गर्ने उनले प्रतिवद्घता जनाए । उनले भाद्र महिनाभरिमा बुटवलको ३० प्रतिशत काम सक्ने प्रतिवद्धता जनाए । ‘अबको ३ महिनामा सो लक्ष्य प्रतिशत काम पूरा गर्ने छु ।’– उनले भने । ५ वर्षसम्म काम गर्न बाधा आएको र २०७८ माघमा भीओ सहित कामको डिजाइन परिवर्तन भएर आएका कारण काम सम्पन्न गर्न ढिलाई भएको बताए । ‘४५ करोडको ठेक्का ५३ करोड बढेर आएको छ ।’– उनले भने ।

ड्रेन र नालाको काम नसकी बाटो पिच गर्न नसकिने र नालामा बिद्युतका ट्रान्सफर्मर र बिजुलीको पोल तथा केही स्थानीयको अवरोध नहटेकाले समयमा काम हुन नसकेको बताए । ठेक्का शुरु हुदा ७५ फिटमा काम गर्ने गरि सम्झौता भएपनि अदालतको आदेशबाट अहिले ८२ फिट सडक कायम हुनजाँदा पनि समस्या भएको उनले बताए ।

सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले स्थानिय जनताबाट धेरै गुनासो सुन्नुपरेको बताउँदै पिडितले पिडितको कथा भन्ने रुपमा कार्यक्रम भएको भन्दै आफनो आक्रोस ब्यक्त गरे ।

उनले कार्यालय प्रमुखहरु जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताउँदै शहर सौन्दर्यीकरण गर्न धेरै कठिनाई नभएको भन्दै उनले केवल काम गर्ने मनोविज्ञान तयार हुनुपर्ने बताए । सुनौलीबाट बुद्धचोकसम्मको बाटो धसिने र भत्किने समस्या देखिएको पनि उनले गुनासो गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले मुख्य सडककै कारण बुटवलबासी हुँ भन्न पनि गिजाउने अवस्था आईपरेको बताए । जनतामा आक्रोस बढेको र जनप्रतिनिधि भएर सडकमा जान नसक्ने अवस्थामा उत्पन्न भएको भन्दै उनले सिक्स लेन सडकको पहिलो पक्ष आयोजना भएको भन्दै यसको निमार्ण गर्न नसक्ने भए ठेकेदार कम्पनीलाई विश्वास गर्न नसकिने अवस्था आएको बताए । उनले ठेकेदारको बिकल्प खोज्नुपर्ने पनि बताए । आफुहरु धेरै पटक डेलिगेसन गएको र काम सक्न आग्रह गरेको भएपनि काम पुरा नहुँदा समस्या भएको भन्दै विकासको नाममा बाटो भत्काएर दुख दिने काम मात्र भएको बताए ।

सिक्स लेन सडक आयोजनाका प्रमुख दिपक झाले शुरुवातमा अदालती अडचन र फेरी निमार्ण कम्पनीका कारण धेरै लामो बाधा अडचनका कारण काममा ढिलाई भएको दुखेसो गरे । आयोजना कार्यालयको कुनै कमजोरी नरहेको दाबी गर्दै झाले साईड क्लियर भएको धेरै दिनसम्म ठेकेदारले काम नगर्दा समस्या देखिएको बताए । कार्यालयले ठेक्का खारेजीको प्रक्रिया स्वरुप स्पष्टिकरण सोधेको जनाउँदै सन्तोषजनक काम र जवाफ नआए कारवाही गर्न कार्यालय तयार रहेको बताए ।

बुटवल बेलहिया ब्यापारिक सडक आयोजनाले गत साउन १३ गते कन्चनगँगा बिरुवा जेभीलाई ठेक्का सम्झौता खारेज किन नगर्ने ? भन्दै स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको सट्टा ठेकेदार कम्पनीले भाद्र महिनाभित्र ३० प्रतिशत काम सक्ने प्रतिबद्धता पत्र पेश गरेको छ । गत असार ३ गते तेस्रो पटक म्याद सकिएको ठेकेदार कम्पनीले २०८० असार सम्ममा किस्ता किस्तामा काम सम्पन्न गर्ने प्रतिबद्धता सहित म्याद थप्न माग गरेको छ ।

ठेकेदार कम्पनीले २०७६ असोजमा काम सक्ने गरि ठेक्का लिएपनि स्थानीय केही सडक अतिक्रमण गरि व्यवसाय गर्नेहरुको अवरोध र उनीहरुले दिएको मुद्दाका कारण काम हुन सकेको थिएन । २०७७ पुसमा अदालतले रिट खारेज गरिदिएपछि पनि ठेकेदारले काम नगरेपछि २०७७ जेठ सम्म म्याद थपिएको थियो । त्यसयता पनि ठेकेदारले काममा कुनै सक्रियता नदेखाएकै अवस्थामा गत असार ३ गते सम्मका लागि मन्त्रीपरिषदबाट म्याद थप गरिएको थियो ।

रुपन्देहीकमा तत्कालिन प्रमुख जिल्ला अधिकारी आसमान तामाङको कार्यकालमा ठेकेदार कम्पनीका संचालकलाई प्रहरी लगाएर पक्राउ गरि ३ महिनामा काम सक्ने लिखित प्रतिबद्धता समेत गराईएको थियो ।

नेपाल विद्युत कार्यालयका प्रमुख सुरेश महतोले सडकको नक्सा मोडिफाई गरिँदा पोल गाड्न ढिलाई भएको बताए । नालि तयार भैनसक्दा पोल गाड्न नमिल्ने पनि उनले बताए । विद्युत कार्यालयबाहेकका २१ वटा निजि तथा प्रदेश मन्त्रालयका ट्रान्सफरमर सडकमा रहेको जनाउँदै उनले निजिका ३ वटाको मात्र सार्नका लागि रकम जम्मा भएको जानकारी दिए । छिट्टै सम्पर्कमा नआए विद्युतले एकतर्फी लाईन काटेर सार्ने समेत उनले चेतावनी दिए ।

कार्यक्रममा नेपाल टेलिकम, भैरहवाका प्राविधिक प्रमुख भगवानलाल कलवारले संरचनाहरुको बारेमा समन्वय नगरिएको दुखेसो गर्दै सडक निर्माणमा टेलिकमबाट कुनै किसिमको बाधा नदिएको दाबी गरे । टेलिकमको अन्डरगाउण्ड सिस्टम र बाहिरी सिस्टम दुबैका बारेमा सडकको डिजाइनमा राईट अफ वे नहुदा समस्या भएको उनले बताए । टेलिकमका काम अन्तिम चरणमा गर्नुपर्ने हुदा पनि कुनै समस्या नरहेको उनले बताए ।

कार्यक्रममा नेपाल खानेपानी संस्थानका बुटवल कार्यालयका मोहनदत्त भट्टले अन्यभन्दा खानेपानीको विषय गम्भीर हुने बताए । सडक आयोजनाले ४ किलोमिटर पाईप लाईन बिस्तार गरेको थियो । कस्तुरीदेखि गोलपार्कसम्मको पाईपलाईन अहिलेको समस्या देखिएको उनले बताए । दुबै छेउमा पाईपलाईन बिछ्याएर सकेपछिमात्र बिचको पुरानोपाईप हटाउन मिल्ने उनले बताए । पाईप लाईनको खर्चका लागि संस्थानसंग बजेट नभएको उनको भनाई छ

कार्यक्रममा भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख ज्ञानेन्द्रराज ढकालले पुरानो फाल्ने तर नया नबनाउदा समस्या भएको बताए । निर्माण सामग्रीमा प्रचार गरिएजती मूल्य नबढेको उल्लेख गर्दै उनले अन्तराष्ट्रिय बजारमा भनिएको मुल्यकै कारण ठेक्कामा प्रभाव नपर्ने बताए ।

कार्यक्रममा यातायात ब्यवसायी नारायण घिमिरेले जनताको आखामा छारो हाल्ने गरि सबै काम सकिने गरि प्रगति सुनाईएको बताए । कागजमा सबै काम सकिएको उनले बताए । भदौ असोजमा काम सक्ने भनिरहदा कसरी गर्ने त्यसको योजना तयार गर्न उनले आग्रह गरे । बाटोकै कारण धेरै दुर्घटना भएको उनले दुखेसो गरे । आफ्नो कमिकमजोरी किटान गरि कामको जिम्मेवारी लिनुपर्ने उनले बताए ।

कार्यक्रममा सहभागी स्थानीयले सडक कहिले सम्म बन्ने, बाटोमा यत्रतत्र राखिएका बिद्युतका पोलहरु यथासिघ्र गाड्ने वा हटाउने, खाल्डाहरु तुरुन्त पुर्ने लिखित प्रतिबद्धता नभएसम्म ठेकेदार कम्पनी र सरोकारवालाई कार्यक्रमस्थलबाट निस्कन नदिने चेतावनी दिएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : ४६ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय