१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

गाजा-इजरायल हिंसामा ५१ जनाको मृत्यु



गाजा सिटी । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लो लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको बताएको जनाएको छ । मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् ।

सेनाका अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन् । अतिवादीसमूहसँग सलग्न नरहेका ११ जनाको पनि मृत्यु भएको प्राप्त विवरणमा जनाइएको छ ।

इजरायल र गाजाका विद्रोही लडाकु समूहबीचमा युद्धविराम गर्ने सहमति भएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको युद्धविरामको स्वागत गरेका छन् ।

गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको महासचिव गुटेरेसले बताएका छन् । यसैबीच, अफ्रिकन युनियनले इजरायल र गाजामा भएका हिंसात्मक हमलाको निन्दा गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : १४ बजे

भारतीय दर्शनार्थी आउने पूर्णागिरि मेलामाथि निर्भर ब्रह्मदेव बजार

दोधारा चाँदनी । कुनैबेला मालसामान किन्नेको भीड लाग्ने कञ्चनपुरको पुरानो

पर्यटकको रोजाइ बन्दै पटिहानी

भरतपुर । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट

राहदानी विभागको टोली पोर्चुगलमा

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान

साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

काठ्माडौं । वैदेशिक रोजगारीका लागी साउदी अरेबिया पुगेका युवा अलपत्र

सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितका बिचको आज वार्ता

काठमाडौं । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समुहका