२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

आयो मंसिर ४ गतेको निर्वाचन कार्यक्रम, कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारी दर्ता



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ । आयोगले स्वीकृत तालीका अनुसार दसैं को टीका लगत्तै कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले आन्तरिक तयारीका क्रममा सोमबार स्वीकृत गरेको निर्वाचन कार्य तालिका अनुसार असोज २३ गते आइतबार अर्थात काजाग्रत पूर्णिमाका दिन प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुनेछ ।

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दसैंपछि हुने व्यवस्था गरेको आयोगले समानुपातिक तर्फको बन्दसूची भने दसैंअघि नै पेश गर्नुपर्ने गरि कार्यतालिका स्वीकृत गरेको छ । आन्तरिक तालिका अनुसार असोज २ र ३ गते दलहरुले समानुपातिकतर्फको बन्दसूची पेस गर्नुपर्ने छ ।

आयोगले आम निर्वाचनका लागि दशैंमा समेत आफ्नो तयारीलाई निरन्तरता दिने गरि तयारी थालेको जनाएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको भदौ २५ देखि निर्वाचन प्रक्रिया शुरु हुने गरि कार्यक्रम बनाईएको आयोगले जनाएको छ । स्वीकृत कार्यक्रम अनुसार घटस्थापनाको भोलिपल्ट, अर्थात् असोज ११ गते निर्वाचन अधिकृतहरु नियुक्ति हुनेछन् । टीकाको दुई दिनपछि असोज २१ गते (द्वादशीका दिन) निर्वाचन कार्यालय स्थापना गरिने कार्यतालिकामा उल्लेख छ ।

सोमबार स्वीकृत आन्तरिक तालिका यस्तो छ :

प्रत्यक्षतर्फ :

भदौ २५– निर्वाचन कार्यक्रम आरम्भ

असोज ११– निर्वाचन अधिकृतहरुको नियुक्ति

असोज २१–निर्वाचन कार्यालय स्थापना

असोज २३– उम्मेदवारी दर्ता

असोज २८ देखि कात्तिक २५ गतेसम्म– मतपत्र छपाइ

कात्तिक २७– मतपत्र ढुवानी

मंसिर १ – प्रचार प्रसार बन्द, मौनअवधि शुरु

मंसिर ४– बिहान ७ गतेदेखि साँझ ५ बजेसम्म मतदान

समानुपातिकतर्फ :

भदौ १– निर्वाचन कार्यक्रम सञ्चालन

भदौ २०– मतपत्र छपाइ सुरु

असोज २ र ३– बन्दसूची पेस गर्ने

कात्तिक २७– मतपत्र ढुवानी

मंसिर १– प्रचार प्रसारमा बन्द, मौनअवधि शुरु

मंसिर ४– बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान।

 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ५१ बजे

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर । यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको

पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला

काठमाडौं । गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहने काठमाडौं

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए

वीरगन्ज । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने