२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

तीन महिनामा ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए, सबैभन्दा बढी चिनियाँ र अमेरिकी



काठमाडौं । सरकारले पछिल्लो तीन महिनामा विभिन्न गैरकानूनी क्रियाकलापमा सहभागी ३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन गरेको छ ।

अध्यागमन विभागका अनुसार २०७९ वैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्काशन गरिएको हो ।

नेपालबाट निष्काशनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ र अमेरिकी नागरिकहरु रहेका छन् ।

गत वैशाखदेखि असारसम्मको अवधिमा सरकारले २५ जना चिनियाँ र १९ जना अमेरिकी नागरिकलाई देशबाट निष्काशन गर्ने निर्णय गरेको विभागले जनाएको छ ।

चिनियाँ र अमेरिकीपछि नेपालबाट निष्काशित हुनेमा तेस्रो ठूलो संख्या क्यानडेली र फ्रेन्च नागरिक रहेका छन् । सो अवधिमा १०–१० जना क्यानडेली र फ्रेन्च नागरिकलाई सरकारले निष्कासन गरेको छ ।

विभागका अनुसार पछिल्लो तीन महिनामा निष्कासनमा पर्नेमा ९ जना बेलायत, ४ जना पाकिस्तान, १ जना अल्जेरिया, ४ जना अष्ट्रिया, २ जना अष्ट्रेलिया, १ जना बेलारुस, २ जना ब्राजिल, २ जना चिली, १ जना चेक रिपब्लिक, ३ जना जर्मनी, २ जना इन्डोनेसिया, ५ जना आयरल्याण्ड, १ जना इजरायल र ३ जना इटालीका नागरिक रहेका छन् ।

यस्तै, ३ जना जापान, २ जना दक्षिण कोरिया, १ जना मेक्सिको, २ जना नेदरल्याण्ड्स, ३ जना फिलिपिन्स, १ जना रोमानिया, ३ जना रुस, १ जना स्पेन, १ जना श्रीलंका, १ जना स्वीडेन, १ जना स्वीट्जरल्याण्ड, ३ जना थाइल्याण्ड, ३ जना उज्वेकस्तान र ४ जना भियतनामका नागरिकलाई पनि सरकारले निष्काशन गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ११ : ३५ बजे

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदबाट हटाइएका छन् ।

माइतीघरमा भूमिहीन सुकुम्बासीको प्रदर्शन

काठमाडौं । भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले जबरजस्ती उठीबास र