७ आश्विन २०८३, बुधबार | September 23, 2026

घरायसी विवादमा श्रीमानकाे मृत्यु, श्रीमती पक्राउ



चितवन । पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमानकाे मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो । उनका अनुसार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् । आक्रमणबाट टाउकोमा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको हो ।

घटनामा संलग्न रहेको आशङ्कामा श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १० : ४१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई