२३ बैशाख २०८१, आइतबार | May 5, 2024

केही समय बसेर सकियो कार्यदल बैठक, चाँडै सिट बाँडफाँडको टुंगो लगाउँछौं : सञ्चारमन्त्री कार्की



काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस निर्णय भने गरेन ।

कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सकारात्मक कुराकानी भएको, सिट बाँडफाँडबारे विभिन्न मोडालिटीमा छलफल भएको बताए । उनले चाँडोभन्दा चाँडो कार्यदललाई तोकिएको जिम्मेवारी पूरा गर्ने बताए । ‘बैठक सकारात्मक भयो । विभिन्न मोडालिटीमा कुराकानी भयो । चाँडै सिट बाँडफाँडको टुंगो लाग्छ,’ उनले भने ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडका लागि बनेको कार्यदलको आजको बैठकमा सबै दलबाट प्रतिनिधित्व गरेका नेताले सिट बाँडफाँडका लागि पार्टीका आधार प्रस्तुत गरेका थिए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । माओवादी केन्द्रबाट वर्षमान पुन, जनार्दन शर्मा र देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ४ : ३० बजे

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ