२५ चैत्र २०८२, बुधबार | April 8, 2026

लुम्बिनी प्रदेशमा पनि फैलिँदै कोरोना संक्रमण



नेपालगन्ज । लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टाको अपडेटमा बाँकेमा एकै दिन २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले दिउको जानकारी अनुसार नेपालगन्जका बिभिन्न ल्यावहरुमा १६ जना र कोहलपुर स्थित नेपालगन्ज मेडिक कलेजको ल्यावमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २३ जनाको जाँच गर्दा १६ जनालाई कोरोना देखिएको र १६ जनामध्ये ११ जना बाँके जिल्लाका रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए ।

कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजको ल्यावमा कोहलपुर मेडिकल कलेजका चार जना र राप्तीसोनारीका एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए । बिहीबार बाँकेमा कोरोना देखिएकामध्ये १६ जना बाँके र ५ जना बाहिरी जिल्लाका रहेका छन् । जिल्लामा हाल ८३ जना सक्रिय संक्रमित रहेको सबै जना होम आइसोलेसनमा रहेको पनि उनले बताए । बिहीबार ६ जना निको भएका छन् ।

उता प्रदेश कोभिड १९ प्रयोगशाला रुपन्देहीमा २३ जनाको नमुना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ४ : ५७ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

युद्धविराम सहमतिकाबीच खाडीमा आक्रमण जारी

एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ते युद्धविरामको सहमति भएको

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी