७ आश्विन २०८३, बुधबार | September 23, 2026

कपिलवस्तुको सुरही खोलामा विस्फोटक पदार्थ फेला, नेपाली सेनाद्वारा डिस्पोज



चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका वडा १ सुरहि खोलामा विस्फोटक पदार्थ फेला परेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरहि पुल नजिकै फेला परेको उक्त बस्तुलाई नेपाली सेनाले शनिवार डिस्पोज गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षामा राजमार्गलाई कहि बेर अवरुद्ध गरी डिस्पोज गरिएको थियो ।

गर्मी छल्न पौडी खेल्न गएका स्थानीहरूले शङ्कास्पद बम जस्तो देखिने बस्तु देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए । ठुलो आवाजमा डस्पोज भएको उक्त बस्तु फेला परेर ठुलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीय चुर बहादुर खड्काले बताए ।

शुक्रवार जानकारी प्राप्त भएको र शनिवार बिहान गोरुसिगेमा रहेको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहिले बताए । तत्कालीन द्धन्दकालमा उक्त बस्तु त्यहाँ छुटेको हुन सक्ने अनुमान रहेको छ ।

शिवराज नगरपालिका वडा ९ का अध्यक्ष राम गोपाल थारु सहितको टोलीले उक्त स्थानमा पुगेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १ : १६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज