१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कपिलवस्तुको सुरही खोलामा विस्फोटक पदार्थ फेला, नेपाली सेनाद्वारा डिस्पोज



चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका वडा १ सुरहि खोलामा विस्फोटक पदार्थ फेला परेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरहि पुल नजिकै फेला परेको उक्त बस्तुलाई नेपाली सेनाले शनिवार डिस्पोज गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षामा राजमार्गलाई कहि बेर अवरुद्ध गरी डिस्पोज गरिएको थियो ।

गर्मी छल्न पौडी खेल्न गएका स्थानीहरूले शङ्कास्पद बम जस्तो देखिने बस्तु देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए । ठुलो आवाजमा डस्पोज भएको उक्त बस्तु फेला परेर ठुलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीय चुर बहादुर खड्काले बताए ।

शुक्रवार जानकारी प्राप्त भएको र शनिवार बिहान गोरुसिगेमा रहेको नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहिले बताए । तत्कालीन द्धन्दकालमा उक्त बस्तु त्यहाँ छुटेको हुन सक्ने अनुमान रहेको छ ।

शिवराज नगरपालिका वडा ९ का अध्यक्ष राम गोपाल थारु सहितको टोलीले उक्त स्थानमा पुगेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १ : १६ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।