२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता



काठमाडौं । गठबन्धनका विरुद्ध एक्लै चुनाव लड्ने उदघोष गरेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् । आफ्नै निवास बालकोट बोलाएर अध्यक्ष ओलीले लिङ्देनसँग भेटवार्ता गरेका हुन् ।

राप्रपाका अध्यक्ष लिङ्देन ओलीसँग भेटवार्ता गर्न शुक्रबार दिउँसो बालकोट पुगेका थिए । शुक्रबार मध्याह्न १२ बजेदेखि दिउँसो दुई बजेसम्म आगामी निर्वाचन र समसामायिक राजनीतिक विषयमा छलफल भएको राप्राका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । स्थानीय तह निर्वाचनमा धेरै स्थानमा एमालेर राप्रपाबीच अघोषित गठबन्धन बनेको थियो । निर्वाचन पछि उनीहरूबीचको यो दोस्रो भेट हो ।

चुनावी तालमेल आवश्यकताको आधारमा हुनसक्ने भन्दै राप्रपा प्रवक्ता श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मात्रै त्यसको निर्णय गर्ने जनाए ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३० साउनमा हुँदैछ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि झापामा राप्रपा र एमालेबीच सहकार्य भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ४ : ०६ बजे

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०