२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता



काठमाडौं । गठबन्धनका विरुद्ध एक्लै चुनाव लड्ने उदघोष गरेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् । आफ्नै निवास बालकोट बोलाएर अध्यक्ष ओलीले लिङ्देनसँग भेटवार्ता गरेका हुन् ।

राप्रपाका अध्यक्ष लिङ्देन ओलीसँग भेटवार्ता गर्न शुक्रबार दिउँसो बालकोट पुगेका थिए । शुक्रबार मध्याह्न १२ बजेदेखि दिउँसो दुई बजेसम्म आगामी निर्वाचन र समसामायिक राजनीतिक विषयमा छलफल भएको राप्राका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । स्थानीय तह निर्वाचनमा धेरै स्थानमा एमालेर राप्रपाबीच अघोषित गठबन्धन बनेको थियो । निर्वाचन पछि उनीहरूबीचको यो दोस्रो भेट हो ।

चुनावी तालमेल आवश्यकताको आधारमा हुनसक्ने भन्दै राप्रपा प्रवक्ता श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मात्रै त्यसको निर्णय गर्ने जनाए ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३० साउनमा हुँदैछ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि झापामा राप्रपा र एमालेबीच सहकार्य भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ४ : ०६ बजे

रुसका राष्ट्रपति पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको

विदेशीन रहर गर्ने युवाहरुलाई उदाहरण प्रस्तुत गर्दै टिकापुरका युवाहरु

टिकापुर । विदेश गएर जुठो भाँडा माझ्नु, चौकिदारी गर्नु, अर्काको

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौं ल्याइदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्