२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

निर्वाचन सुरक्षामा पूर्व सुरक्षाकर्मी र राष्ट्रिय सेवा दल उपयोग गर्न आयोगको सुझाव



काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षामा म्यादी प्रहरीको सट्टा पूर्व सुरक्षाकर्मी र राष्ट्रिय सेवा दललाई प्रयोग गर्न सरकारलाई सुझाव दिएको जनाएको छ । आइतबार आयोगले काठमाडौंबाट प्रकाशन हुने विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले पूर्व सुरक्षाकर्मी खटाउन सकिने बारे सरकारलाई सुझाव दिएको जानकारी दिए ।

उनले पूर्व सुरक्षाकर्मी तथा जनसेवा दलको प्रयोग गर्दा नयाँ कपडा खरिद गर्ने रकम बचत हुने बताए । उनले सुरक्षाका हिसावले र खर्च कम गर्ने हिसावले पनि पूर्व सुरक्षाकर्मीको प्रयोग व्यवहारिक हुने बताउँदै निर्वाचनमा आयोगको सोचाई पूर्व सुरक्षाकर्मी परिचालन गर्न पाए हुन्थ्यो भन्ने रहेको उल्लेख गरे ।

उनले राज्यसँग तालिमप्राप्त नै राष्ट्रिय सेवा दलमा करिब ३० हजार हाराहारीको जनशक्ति रहेको आयोगको जानकारीमा आएको पनि बताए । पूर्व सुरक्षाकर्मी र राष्ट्रिय सेवादलको संख्याबाट पनि पुगेन भने गत स्थानीय तहमा भर्ना भएका तालिमप्राप्त केही म्यादीलाई पनि लिन सकिने उनको सुझाव छ ।

स्थानीय तहको निर्वाचनका बेला पनि सरकारलाई यही सुझाव दिएको थपलियाले बताए । आयोगको सुझाव भने सरकारले कार्यान्वयन गरेन । यसबारे आयोगले फेरि सरकारसँग छलफल गर्ने उनले बताए ।

गत स्थानीय तहको निर्वाचनमा झण्डै १ लाख हाराहारी म्यादी प्रहरी भर्ना भएका थिए । उनीहरुले ४० दिन सेवा गरेबापत प्रतिब्यक्ति ४३ हजार भत्ता पाएका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  २ : ३२ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला