२० बैशाख २०८१, बिहिबार | May 2, 2024

संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा



जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध धर्नामा बसेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसहित प्रदेशका मन्त्रीहरू प्रदेश प्रमुख कार्यालयको प्राङगमा आइतबार साढे ११ बजेदेखि धर्नामा बसेका हुन् । पूर्वघोषित कार्यक्रमअनुसार आइतबारदेखि एक सप्ताहसम्म दैनिक दुई घण्टा ११ देखि दिउँसो १ बजेसम्म प्रदेशका सरकारका मन्त्रीहरू, प्रदेश सांसद तथा नागरिक समाजका अगुवाहरूले धर्ना दिने कार्यक्रम छ ।

धर्नामा बसेका मुख्यमन्त्री राउतले प्रहरी समायोजनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शिर्ष नेताहरूलाई लिखित तथा मौखिक रुपमा ज्ञापन पत्र बुझाए पनि कुनै सुनवाइ नभएकोले आफूहरू धर्नामा बस्न बाध्य भएको बताए ।

संविधानको अनुसूची ६ को १ मा प्रदेश प्रहरी गठन तथा प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारले गर्ने उल्लेख भए पनि त्यसको कार्यान्वयमा संघीय सरकार चासो नलिँदा दबाब दिने उद्देश्यले धर्ना कार्यक्रम गरिएको मुख्यमन्त्री राउतले बताए ।

प्रदेश सरकार गठन भएको करिब ५ वर्ष हुन लागेको छ, हामीले प्रदेश प्रहरी ऐन बनाएको पनि दुई वर्षभन्दा बढी भइसकेको छ,’ मुख्यमन्त्री राउतले भने, ‘संघीय प्रहरी ऐन र प्रहरी समायोजन ऐन पनि आएको करिब करिब १ वर्ष नै भयो । तर, संघीय सरकारले यो विषयमा चासो लिन सकेनन् । त्यसकारण हामी संघीय सरकारलाई एक पुनः यो विषयमा ध्यानकर्षण गर्न धर्ना दिएका हौँ ।’

एक प्रश्नमा मुख्यमन्त्री राउतले भने,‘ चुनावलाई लक्ष्ति गरि यो आन्दोलन गरिएको होइन । प्रहरी समायोजन भए पनि प्रदेश सरकारले पनि आफ्ना बेरोजगार युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्न सक्छन्, प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्छन् । यो आम प्रदेशवासीको चासोको विषय पनि हो ।’

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ४ : १७ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा