२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

सीट बाँडफाँड गर्न गठबन्धन कार्यदलको बैठक बस्दै



काठमाडौं । आगामी चुनावका लागि सीट बाँडफाँडबारे छलफल गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै छ ।

आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले जानकारी दिए । यसअघि बसेको बैठकले सीट बाँडफाँडका विषयमा सैद्धान्तिक सहमति गरेको थियो ।

आजको बैठकमा सीट बाँडफाँडबारे थप छलफल हुने भएको छ । यससँगै कार्यदलका सदस्यहरुले आआफ्नो दलको धारणा राख्ने जनाइएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा तालमेलका लागि सीट बाँडफाँड गर्न गठबन्धनले कार्यदल गठन गरेको थियो । साउन २० गते गठन भएको कार्यदलले तीन वटा बैठक गरेर छलफल गरिरसकेको छ ।

कार्यदलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको छ । यसमा कांग्रेसका तीन र अन्य दलका दुई दुई जना सदस्य छन् ।

कार्यदललाई भदौ पहिलो साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । कार्यदलले बुझाउने सीट बाँडफाँडको प्रतिवेदनका आधारमा गठबन्धनका शीर्ष नेताले निर्णय गर्नेछन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ८ : ५० बजे

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

काठमाडौं । सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका-७ काभ्रेपलाञ्चोकका

किन लगायो युवा संघले बुटवलको एनसेल सेन्टरमा ताला ? यस्तो छ घटना

बुटवल । दूरसञ्चार सेवा प्रदायक एनसेलको गम्भीर लापरबाहीका कारण बुटवलका

धुर्मुस–सुन्तली फाउण्डेशनको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि

एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा