२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

कमल थापाद्धारा राष्ट्रपति भण्डारीको निर्णयको स्वागत



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता बिद्येयक पुर्नबिचारका लागि संसदमा पुन: पठाउने राष्ट्रपति बिद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन ।

नेपाली पुरुषसँग बिबाह गरेका महिलालाई समयसिमाको बन्देज बिना नै नागरिकता दिने तथा बाबुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनु पर्नेलगायतको बिषयलाई सम्वोधन गनुपर्नेलगायत बिषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले बिद्येयक संसदमा फिर्ता गरि दिएकी थिइन् । सो कदमलाई रापप्रा अध्यक्ष नेपालले स्वागत गरेका हुन ।

‘विभेदकारी र राष्ट्रहित विपरितको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक छ,’ थापाले स्वदेश फर्केलगत्तै भनेका छन, ‘राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ।’

राष्ट्रपतिले बिद्येयक फिर्ता गरेको बिषयलाई संघीय संसदले हठ गर्न नहुने पनि भन्दै थापाले सो बिषयको निर्णय गर्ने अधिकार नयाँ सरकारलाई दिनुपर्ने सुझाव पनि दिएका छन । ‘अब संसदले हठ प्रदर्शन नगरोस्, ढिलोगर्ने काम सरकारले गरेको हो।अब यो बिषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ ।’

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : २९ बजे

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

काठमाडौं । सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका-७ काभ्रेपलाञ्चोकका

किन लगायो युवा संघले बुटवलको एनसेल सेन्टरमा ताला ? यस्तो छ घटना

बुटवल । दूरसञ्चार सेवा प्रदायक एनसेलको गम्भीर लापरबाहीका कारण बुटवलका