१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेकपा एकिकृतका कार्यकर्तालाई निर्वाचनमा होमिन आग्रह



बुटवल । नेकपा एकिकृत समाजवादीका सचिव भागवत विश्वासीले आगामि मंसिर ४ गते हुने निर्वाचनमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन ।

उनले दक्षिणपन्थी अवसरवादको दलदलमा फसेका कारण एमालेबाट विद्रोह गरेको उल्लेख गर्दै प्रतिगमनविरुद्ध काँग्रेस सहितको शक्तिसँग गठबन्धन गर्नुुपरेको बताए ।
नेकपा एकिकृत समाजवादी रुपन्देहीको चौथौ पूूर्ण बैठकलाई आईतबार सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सहइन्चार्ज समेत रहेका विश्वासीले केपि ओलीमा अझै पनि प्रतिगमनकारी सोँच र व्यवहार देखिएकाले एमालेसँग कुुनै प्रकारको तालमेल हुननसक्ने बताए ।

उनले संविधान, गणतन्त्रको रक्षाका लागि गठबन्धन गरेर जानुुपरेको बताउँदै आफूहरुको उपस्थिती विद्रोहको औचित्य पुष्टि हुने गरि आउने दावी समेत गरे ।
बैठकमा पार्टीका पोलिटब्यूूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले मंसिर ४ पछि आफूहरुको उपस्थिती बलियो हुने बताए ।

उनले निर्वाचनलाई केन्द्रमा राखेर पार्टी संगठन तल्लोतहसम्म विस्तार गर्न निर्देशन दिए । अध्यक्ष पाण्डेले गठबन्धन हुुँदा लुम्बिनीमा आफूहरुको उपस्थिती सम्मानजनक हुने बताए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य एंव प्रदेश सचिव राजुु गुुरुङ, अर्का केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले बोल्दै अब नेकपा एकिकृत समाजवादीले जनतालाई उत्साह जगाउँदै निर्वाचनमा होमिने बताए ।
बैठकले प्रदेश र संघको निर्वाचनलाई केन्द्रीत गरि एक महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष अविराम विश्वकर्माले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ३१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले