७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

श्रावणी विशेष पुजा समापन



बुटवल । एक महिनासम्म जलापर्ण र विशेष पुजा गरि मनाउने श्रावणी विशेष पर्व सोमबार सम्पन्न भएको छ । रुपन्देहीको नयाँगाउ स्थित स्वामीनारायण मुक्तिनाथ धाममा सञ्चालन गरिएको श्रावणी विशेष पुजा हरिद्घारबाट योगगुरु रामदेवका सान्ध्वी सन्त देवादितीको आतिथ्यतामा विशेष आरतीपुजा गरि समापन गरिएको हो । साउनको पहिलो सोमबारदेखि शुरु भएको पुजा पाचौ सोमबार समापन भएको हो ।

सोमबार बिहानैदेखि शिव मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको थियो । नयाँगाउस्थित मुक्तिनाथ धामका पिठाधिस १००८ स्वामी लोकानन्द, सान्ध्वी सन्त देवादितीसहित विशिष्ट ब्यक्तिहरुबाट आरती गरिएको थियो ।

परम्परा, संस्कृति तथा सानतन धर्मको रक्षार्थ श्रावणी पुजा सञ्चालन गरिएको स्वामी लोकानन्दले बताए ।

समापन समहारोहलाई सम्बोधन गर्दै धार्मिक सेवाका लागि आफु नेपाल आएको सान्ध्वी सन्त देवीले बताईन् । आयुर्वेदिक उपचार पद्दती, खानपान र रहनसहनबाट मानव स्वस्थ्यमा सहजता ल्याउने रुपमा सहयोगको काम गर्दै आएको जनाउँदै उनले संस्कृत अध्ययन गर्ने भाइबैनीहरुलाई लक्षित गरि स्याङ्जाका वेद विश्वविद्यालय गुरुकुल बनाउने संकल्प सहित यसपटक नेपाल आएको भन्दै जानकारी दिईन् ।

यसैगरि नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालसहितको टिमले स्वामीसंग नुवाकोट विकासमा बारेमा छलफल गरेका छन् । सो अवसरमा पिठाधिस स्वामी लोकानन्दले नुवाकोट तिरुपति बाबा धाम विकास समिति नामाकरण गर्न सुझाव दिदै यसबाट नेपालमात्र नभई हिन्दु धर्मालम्बीहरुको आगमन हुने दाबी गरे । कोभिड संक्रमणका कारण दुईवर्षसम्म चहलपहल नभएको भएपनि यसवर्ष शिवमन्दिरहरुमा दर्शानार्थीहरुको भिड लागेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : १८ बजे

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले