४ आश्विन २०८३, आइतबार | September 20, 2026

बुटवलको नयाँगाउँमा रहेको मुक्तिनाथ धाममा माघ २२ गतेदेखि चार बेद अठाह्र पुराण अनुष्ठान महायज्ञ लाग्ने



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-१२ नयाँगाउँस्थित श्रीस्वामीनारायण मुक्तिनाथ धाममा चार बेद अठाह्र पुराण अनुष्ठान श्रीमद्मुक्तिनाथ महायज्ञ हुने भएको छ । धर्म संस्कृति र परम्पराको रक्षा गर्न यहीँ माघ २२ गतेदेखि फागुन ९ गतेसम्म श्रीमदभागवत यज्ञावतार हिरण्यगर्भ पुराण पुरुषोत्तम चार बेद अठाह्र पुराण मुक्तिनाथ महायज्ञ हुन लागेको हो ।

महायज्ञ सम्पादन मूल समारोह समितिका अध्यक्ष बाबुराम महत क्षेत्रीले महायज्ञले आर्थिकलाई प्राथामिकता नदिएको बताउदै यज्ञलाई सफल बनाउन सबैको साथ र सहयोग गर्नुपर्ने बताए । १८ दिनसम्म चल्ने ताण्डुलाचल महाउत्सवमा आफ्नो क्षमता अनुसार सहयोग गर्न सकिने अध्यक्ष क्षेत्रीको भनाइ छ । महायज्ञमा वाचक आचार्य पण्डित चैतन्य कृष्ण, अनुराधा देवी र विष्णु ज्ञवालीले पुराण बचन गर्नेछन ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माले महायज्ञले वैदिक सनातन धर्मप्रति पृथक र महत्वपूर्ण बन्ने बताए । महायज्ञको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । हरेक दिन सन्ध्याकालीन श्रङगारिक महाआरती ऋषि संस्कृति उत्सव पनि गरिने कार्यक्रम छ ।

मुक्तिनाथ धाम यस क्षेत्रको धार्मिक धरोहरको रुपमा स्थापित छ । महायज्ञको परिकल्पनाकार स्वामी लोकानन्द हुन । धामको नवनिर्माण गर्न थालिएको भवनको सोमबार नेपाल सरकारका अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले शिलन्यास गर्ने कार्यक्रम पनि राखिएको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ५ : ३५ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल