४ चैत्र २०८२, बुधबार | March 18, 2026

निर्वाचन खर्च १० अर्बको अनुमान



काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा करिब १० अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको छ । आयोगले निर्वाचन खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग अझै बजेट माग गरेको छैन । यद्यपि आयोग पदाधिकारीको बैठकले आर्थिक कार्यविधि पारित गरेर सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ ।

आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतपत्र, मतपेटिका, छेकबारालगायतका निर्वाचन सामग्री स्थानीय चुनावभन्दा चार गुणा बढ्ने हुँदा निर्वाचन खर्चमा समेत उल्लेख्य वृद्धि हुनेछ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९२ हजार रुपियाँ खर्च भएको थियो । आयोगले १० अर्ब रुपियाँ बजेट माग गरेकोमा स्थानीय चुनावका लागि सरकारले आठ अर्ब ११ करोड रुपियाँ सुनिश्चित गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र चार दोब्बर बढी छाप्नुपर्ने बताए । स्थानीय निर्वाचनमा करिब दुई करोड मतपत्र छापिएको थियो । स्थानीय चुनावमा मतपत्र छाप्न करिब २८ करोड रुपियाँ खर्च भयो । उक्त चुनावमा एउटै कागजमा मतपत्र प्रयोग भएको थियो । उनले भने, “मतपत्रको सङ्ख्या वृद्धि भएपछि कागज, मसी, ढुवानी खर्च स्वभाविक रूपले बढ्नेछ ।” प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभा सदस्यतर्फ दुई गरी चार प्रकारको मतपत्र आठ करोड थान छापिने उनले बताए । प्रतिनिधि सभा सदस्यतर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक गरी चार प्रकारको आठ करोड मतपत्र छापिने छन् । आजको गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले यो समाचार लेखेका छन ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : ५० बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी