२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नेपाली र अमेरिकी सेनाबीच आजबाट १ महिनासम्म संयुक्त सैन्य अभ्यास



काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच ३९ औं चरणको एक महिने एक्स-ब्यालेन्स नेल नामक संयुक्त तालिम आजदेखि शुरु हुँदै छ ।

नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच आगामी भदौ ३१ गतेसम्म संयुक्त तालिम अभ्यास सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका अनुसार, २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुँदै आएको तालिम रक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुन लागेको हो ।

नेपाली सेनाका ८० तथा अमेरिकी सेनाका १६ जना सम्मिलित उक्त संयुक्त अभ्यासका क्रममा द्वन्द्वका समयमा कानून कार्यान्वयन तथा सैनिकको निर्णय प्रक्रिया लगायतका विषयमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा सञ्चालन हुनेछ ।

तालिमका लागि क्याप्टेन ब्लाक डुक्याटेलको नेतृत्वमा आवश्यक सैन्य सामग्रीसहित अमेरिकी सेनाको टुकडी सोमबार नेपाल आइपुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : १५ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ