४ चैत्र २०८२, बुधबार | March 18, 2026

घुम्ती सेवा शिविरमा तीन सय ६१ लाभान्वित



गलकोट । बागलुङ नगरपालिकाद्वारा सोमबार आयोजित ‘घुम्ती सेवा शिविर’ मा भकुण्डेका तीन सय ६१ नागरिकले विभिन्न पाँच प्रकारका सेवा प्राप्त गरेका छन् ।

बागलुङ-१० भकुण्डेमा सञ्चालित शिविरमा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, वित्तिय साक्षरता र माटो परीक्षणलगायत सेवा प्रदान गरिएको थियो । शिविरमा चालु आर्थिक वर्षका १६ योजना सम्झौता भएको वडाध्यक्ष तीलबहादुर थापाले जानकारी दिए । सो अवसरमा महिला अध्यक्ष भएका चार , पुरुष अध्यक्ष भएको नौ र संस्थागत तीन गरी १४ योजना समेत सम्झौता भएका थिए । सम्झौता गरिएका सबै योजनाको बैंक खाता खोलिएको छ ।

शिविरमा सञ्चालित निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवाबाट एक सय ५१ लाभान्वित भएका छन् । तीमध्ये ६७ महिलाको पाठेघर जाँच र उपचार गरिएको जनाइएको छ । तीमध्ये दुई महिलाको पाठेघर खसेकोमा रिङ्ग पेशरी राखिएको र १६ महिलाले यौनजन्य रोगको उपचार तथा परीक्षण र तीन जनाको परिवार नियोजना गरिएको जनाइएको छ ।

एक सय चार जनाको मधुमेह परीक्षण गरिएको छ । स्वास्थ्य शिविरबाट अधिकांश उच्च रक्तचाप, स्त्री रोग र हाडजोर्नीका बिरामीले लाभ लिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले जानकारी दिए । नयाँ र पुरानो गरी ३० जनालाई अपाङ्गता परिचयपत्र वितरण वितरण गरिएको छ । ती मध्ये ‘क’ वर्गका १५, ‘ख’ वर्गका १० र ‘ग’ वर्गका पाँच छन् ।

शिविरकै अवसरमा कृषि प्राविधिकले किसानको खेतबारीमै पुगेर माटोको गुणस्तर परीक्षण गरेका थिए । चालीस रोपनी जग्गालाई समेटिएर १५ स्थानको माटोको नमूना परीक्षण गरिएको थियो । नगरका कृषि शाखा प्रमुख राहुले केसीका अनुसार भकुण्डेको माटोमा अधिकांश अम्लियपन रहेको पाइएको छ ।

शिविरमा उपभोक्ता समिति, टोल विकास समिति र सर्वसाधारण गरी ४५ लाई वित्तीय सारक्षरता अनुशिक्षण दिइएको थियो । बालमैत्री नगरपालिका घोषणा गर्नका लागि आवश्यक सूचकहरु पूरा गर्नका लागि १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : २४ बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी