१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण



बुटवल । बुटवलको मुख्य सडक निर्माणका समस्याबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले काठमाडौं पुगेर सडक विभागको ध्यानाकर्षण गराएका छन् ।

नगरप्रमुख पाण्डेयसहितको टोलीले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराएका हुन् ।

भेटका क्रममा प्रमुख पाण्डेयले सडक निर्माणमा गम्भीर नहुने र पटकपटकको ताकेतापछि पनि लापरबाही गर्ने निर्माण कम्पनीको म्याद थप नगर्न विभागलाई सुझाव दिएको बुटवल उपमहानगरका प्रेस संयोजक सिपी खनालले जानकारी दिए । नगर प्रमुख पाण्डेयले समयावधिभित्र काम सम्पन्न नगर्ने निर्माण कम्पनीको म्याद नथप्न र सडक निर्माणलाई छिटो सम्पन्न गर्ने उपायको खोजी गर्न सुझाव दिएको पनि संयोजक खनालले बताए ।

‘बुटवलको सडकको दुराबस्था समाधानका लागि हामीले निरन्तर प्रयत्न गरिरहेकै थियौं,–नगरप्रमुख पाण्डेयले भने– ‘ती प्रयासहरु पछि सडक विभागकै महानिर्देशकलाई भेटेर ध्यानाकर्षण गराउँदा अझै बढी चासो पुग्ने र सडक निर्माणको काम अघि बढ्ने विश्वासका साथ हामीले भेटेर सबै समस्याहरुको बारेमा जानकारी गराउँदै निर्माण कम्पनीको लापरबाहीबारे पनि जानकारी गराएका छौं ।’

महानिर्देशकले प्रतिनिधि मण्डललाई सडक निर्माणको काममा गम्भीरतापूर्वक चासो दिने प्रतिबद्धता जनाएको नगरप्रमुख पाण्डेयले बताए । ‘हामीले सडक निर्माणका क्रममा देखिएका समस्या र समाधानको बारेमा छलफल ग¥यौं, यसले सडक निर्माणको कामले तीब्रता पाउने आशा देखिएको छ ।’ उनले भने ।

बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तरगत निर्माण भइरहेको सडकको बुटवल चौराहादेखि गोलपार्क खण्डको बारेमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा निरन्तर चासो र दबाब दिइदै आएको छ ।

आयोजना कार्यालय, सडक डिभिजनमा डेलिगेशन र लगातारको छलफल पश्चात् बुटवल क्षेत्रका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको नेतृत्वमा अनुगमन तथा सहजीकरण समिति समेत बनेको छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : २० बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा