४ चैत्र २०८२, बुधबार | March 18, 2026

आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा



धनगढी । आज भदौ १ अर्थात् ओल्के पर्व । ओल्के संक्रान्ति नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ । पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज यहाँका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।

साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ ।

ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो-मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।

यो पर्व विशेषमा ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ६ : ५९ बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी