२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

नागरिकता विधेयकमा एमालेले दोहोरो चरित्र देखायो : वर्षमान पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले पहिला आफु समेत संलग्न पूर्ववर्ती सरकारकै पालामा अहिले ल्याएजस्तै विधेयक ल्याएको बताउँदै पुनले अहिले एमालेले विरोध गर्नुको कुनै तुक नरहेको बताए ।

पुनले नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि एमालेलाई आग्रह गरे ।

वैबाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘२०७५ मा प्रस्तुत गरिएको नागरिकता विधेयकमा म आफैं क्याविनेटमा थिए । पूर्ववक्ता माननीय सदस्यहरु पनि क्याविनेटमा हुनुहुन्थ्यो । जहाँ यो वैबाहिक अंगीकृतको बारेमा कुनै व्यवस्था थिएन । पछि हाउसमा, समितिमा प्रस्तुत भयो, छलफल भयो । केही नयाँ व्यवस्थाहरु भए त्यसमा । तर सहमती बन्न सकेन । बहुमतले पास गरेर ल्यायो । त्यो कुरा तत्कालीन माननीय केपी ओली नेतृत्वको सरकारले प्रस्तुत ग¥यौ । सम्माननीय शेरबहादुर देउवा नेतृत्वको सरकार आयो । स्वभाविक रुपमा पुरानो विधेयकलाई नयाँ सरकारले अर्न नगर्दा फिर्ता हुन्छ । यो पनि सामान्य प्रक्रिया हो । यो माननीयजीहरुलाई जानकारी भएकै कुरा हो । त्यसैले नागरिकताजस्तो संवेदनशील विषयलाई यतातिर राजनीतिक विषय नबनाऔं । बरु, परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौं भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरुलाई आग्रह गर्दछु ।’

नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको सो सम्बन्धि विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रिया भित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गरे ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ३ : ०७ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा