११ बैशाख २०८१, मंगलबार | April 23, 2024

लागुऔषधसहित निजगढका दुई जना पक्राउ



बारा । बाराको बाराको निजगढ नगरपालिका–८ बाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा नजिकैबाट शुक्रबार उनीहरु पक्राउ परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चेकजाँच गर्ने क्रममा दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

बारा ट्राफिकका असई पुस्करप्रसाद घिमिरेको कमाण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी रहेको पूर्व‍-पश्चिम लोकमार्ग सडकखण्डबाट पथलैयाबाट निजगढ आउदै गरेको प्रदेश–२–०३–०१३ प ९४४६ नम्बरको स्कुटर चेकजाँच गर्दा निजगढ नगरपालिकाका –९ ठाडोलाईका २४ वर्षीय सुजल लामा र निजगढ नगरपालिका–७ योजनाका ३९ वर्षीय सन्तबहादुर लामालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट डाइजेपाम, फेनारागन र नेफिन गरी जम्मा २६र२६ थान बरामद गरेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले थप अनुसन्धानका निम्ति उनीहरूलाई ईलाका प्रहरी कार्यालय निजगढलाई बुझाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लागुऔषध फेला परेपश्चात उनीहरु सवार रहेको स्कुटरसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । बाराको निजगढ लागुऔषध कारोबारीहरुका लागि मुख्य ट्रान्जिट बन्दै आएको छ । यहाँबाट प्रत्येक दिन लागुऔधषसहित युवाहरू पक्राउ पर्ने गरेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ५ : ११ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना