२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

चुनावलाई प्रभावित पार्ने गरी बजेटमा नयाँ आयोजना कार्यान्वयन नगर्न आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई प्रभावित पार्दै बजेटमा नभएका कार्यक्रम तथा आयोजनाहरू कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

आयोग प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरू सञ्चालन नगर्नरनगराउन निर्देशन दिएका हुन् ।

आयोगले तीन वटै तहका सरकारलाई निर्देशन दिएको छ । ‘प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको पदावधि सकिनै लागेको बेलामा विभिन्न प्रदेशहरूमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम लगायतका विभिन्न नामका सम्बन्धित सभाबाट एकमुष्ठ रूपमा बजेटमा तोकिएका कार्यक्रमहरू निर्वाचनको मिति घोषणा भैसकेपछि छनोट गर्ने गरी कार्यक्रम सञ्चालन गर्न थालेको भन्ने जानकारीमा आएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ९ : ३९ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि