१९ बैशाख २०८३, शनिबार | May 2, 2026

अन्तिम श्रद्धाञ्जलीका लागि नेता गिरिको शव आइतबार मेडिसिटी अस्पताल र पार्टी कार्यालय सानेपामा राखिने



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद् स्वर्गीय प्रदीप गिरिको शव अन्तिम श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल र पार्टी कार्यालय सानेपामा राखिने भएको छ ।

घाँटीको क्यान्सर र निमोनियाबाट शनिबार राति ९ः३० बजे मेडिसिटी अस्पतालमा निधन भएका नेता गिरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल र ११ः३० देखि दिउँसो २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीनबहादुर विश्वकर्माले बताएका छन् ।

उनका अनुसार गिरिको अन्तिम संस्कार आइतबार नै पशुपति आर्यघाटनमा गरिने छ ।

तीन सातादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको गिरिको क्यान्सर र निमोनियाको जटिलताका कारण ७५ वर्षको उमेरमा उनको निधन भएको हो ।

भेन्टिलेटरमा उपचार हुँदै आए पनि परिवारको आग्रहमा उनलाई शुक्रबार त्यहाँबाट निकालेर आइसियुमा राखिएको थियो ।

गत वर्ष घाँटीमा क्यान्सर देखिएपछि उनलाई उपचारका लागि मुम्बईस्थित हिन्दुजा अस्पताल लगिएको थियो । करिब एक वर्ष उपचारमा पनि सन्तोषजनक नतिजा नआएपछि उनी नेपाल फर्किएका थिए । नेपाल आउनासाथ क्यान्सरकै कारण विभिन्न समस्यासँगै निमोनियासमेत देखिएपछि गत साउन १० गते उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ७ : ०१ बजे

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको