१० पुस २०८२, बिहिबार | December 25, 2025

बागलुङबाट माओवादीमा तीन सचिव



बागलुङ । यहाँका तीन नेता नेकपा (माओवादी केन्द्र) को सचिवालय नेतृत्वमा एकसाथ पुगेका छन् ।

पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा, शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेल, र नेता हितमान शाक्य सचिवमा चुनिएका हुन् ।

शनिबार बसेको पार्टी स्थायी समिति बैठकले उनीहरूसहित २० पदाधिकारी चयन गरेको थियो । पौडेल र शर्मा बागलुङ नगरपालिका–१२ र शाक्य ३ का बासिन्दा हुन्। तीनै नेता पार्टी स्थायी समिति सदस्य हुन् । शर्मा विसं २०६८ शिक्षामन्त्री भएका थिए ।

शाक्य अखिल ९क्रान्तिकारी०का पूर्वअध्यक्षसमेत हुन् । माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जिल्लाले केन्द्रीय नेतृत्व पाउनु सुखद् रहेको बताए। “अग्रज, पार्टीमा योगदान दिनुभएका र योग्य व्यक्तित्व नेतृत्वमा पुग्नुभएको छ”, उनले भने, “योसँगै जिल्लामा पार्टी निर्माण र सङ्गठन सुदृढीकरणमा पनि सकारात्मक योगदान रहने हाम्रो विश्वास छ ।”

उनले जिल्लाले नेताहरू जन्माए पनि जनस्तरमा पार्टी निर्माणको गति अपेक्षितरूपमा अगाडि बढ्न नसकेको उल्लेख गरे । स्थायी समिति बैठकले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङलाई चयन गरेको छ ।

यस्तै बैठकले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई चयन गरेको छ ।

दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्की सचिवमा चयन भएका छन् । कोषाध्यक्षमा श्रीराम ढकाललाई चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । रासस

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ११ : ०४ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र