२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

एकीकृत समाजवादीको माओवादी केन्द्रसँग निकटता छ : झलनाथ खनाल



बुटवल। गठबन्धनबाट भावी राष्ट्रपतिकारुपमा चर्चा चलाइएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू अझै एक पटक प्रतिनिधिसभाको निर्वाचन लड्ने घोषणा गरेका छन् । सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री खनालले आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेदवार हुने बताएका हुन्।

भैरहवा स्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुुराकानी गर्दै खनालले जनताको माया पिरती अझै नटुटेको दाबी गरे । उनले आगामी निर्वाचनमा पनि इलामको क्षेत्र न. १ बाट गठबन्धनको उम्मेदवारको रुपमा चुनाव लड्ने जानकारी दिए । ‘४८ सालदेखि चुनाव लड्दै आएको छुु, अब आगामी मंसिरमा हुने चुनावमा एक पटक लडछुु।’ उनले भने ।

उनले गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने दाबी गर्दै गठबन्धन चुनाव सम्म मात्रै वा पछि सम्म जान्छ भन्नेमा भने अनिश्चित रहेको बताए।

नेता खनालले अहिले आफूूहरु नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको बताउँदै तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए। ‘मुलुकका लागि बृहत वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन तर समाजवादी रुपान्तरणको शिलशिलामा एकताबद्ध हुनैपर्छ’ उनले भने।

पूर्वप्रधानमन्त्री खनालले वामदेव गौतमले माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर निर्वाचन लड्ने कुरा सामान्य भएको बताए। ‘वामदेव जी हामीसँगै हुनुहुन्छ, चुनाव चिन्ह कुनै सिद्धान्त होईन’ उनले भने –‘हामीसँगै छौं।’

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  १ : ३५ बजे

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

“सपना हो कि विपना हो यो, के हो जिन्दगी ?

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा