२५ श्रावण २०८३, सोमबार | August 10, 2026

केही दिन पानी नपर्ने, गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह



काठमाडौं । मध्य मनसुनका बेला नेपालमा तापक्रममा उच्च वृद्धि भएको छ ।

काठमाडौं उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

केही दिनयता काठमाडौं उपत्यकामा पानी पर्न छाडेको छ । पूरा आकाश खुल्दा गर्मी अत्यधि बढेको छ । आइतबार २९ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम सोमबार ३० डिग्री सेल्सियस पुगेको छ ।

‘विगत केही दिनदेखि वायुको तापक्रममा वृद्धि भइरहेको र आज पनि वृद्धि हुने क्रममै रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको नोटमा भनिएको छ ।

यस वर्षको मनसुनमा देशभर आवश्यक मात्रामा पानी नपर्दा किसानहरू समस्यामा परेका छन् । मधेस प्रदेशलगायतका जिल्लामा तापक्रम उच्च रूपमा वृद्धि भएको छ । खडेरीले रोपेका धान पनि सुक्न थालेका छन् ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  १ : ०१ बजे

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज