२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

अवको निर्वाचनले एमालेबाट भएको बिद्रोहको औचित्य पुष्टि गर्छ : झलनाथ खनाल



बुुटवल । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एंव पूूर्वप्रधानमन्त्री झलनाथ खनालले अब मुलुकका लागि समाजवादी क्रान्तिको आवश्यकता रहेको बताएका छन । नेकपा एकिकृत समाजवादी रुपन्देहीले सोमबार आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले मुलुकमा पूूँजीवादी क्रान्ति सम्पन्न भएकाले अब समाजवादी क्रान्तिका लागि तयार हुनुपर्ने बताए । उनले सामाजिक आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादको बाटोमा जानका लागि कम्यूूनिष्ट र क्रान्तिकारी पार्टीको आवश्यकता हुने बताए ।

उनले दक्षिणपन्थी अवसरवाद हावी भएका कारण कम्यूूनिष्ट आन्दोलनमा भ्रम भएको भन्दै अबको कम्यूनिष्ट केन्द्र नेकपा एकिकृत समाजवादी हुने दावी गरे । उनले दक्षिणपन्थी अवसरबादको दलदलबाट मुुक्त भएपछि सच्चा कम्यूूनिष्टहरु एकताबद्ध हुने समेत बताए । ‘हामीले दक्षिणपन्थी अवसरवादसँग विद्रोह गरेर पार्टी पुुर्नगठन गरेका हौं, अन्य कम्यूूनिष्टहरुभन्दा हामी फरक छौं’ नेता खनालले भने –‘वास्तवमा हामीले नै अब क्रान्तिकारी कम्यूूनिष्टहरुलाई एकताबद्ध बनाउनेछौं ।’

उनले गुुल्मी, पाल्पा हुँदै रुपन्देही आउदासम्म नेकपा एकिकृत समाजवादीमा कम्यूूनिष्ट क्रान्तिकारीहरु एकताबद्ध हुनेक्रम बढ्दै गएको बताए । ‘गुल्मीमा कार्यकर्ता भेलाले उत्साहीत बनाएको छ, पाल्पामा अशोक शाही, लक्ष्मी पाठक सहितका साथीहरु भर्खर हामीसँग समाहित हुुनुुभएको छ’ खनालले भने –‘एक वर्षको बिचमा विद्रोहबाट विस्तारित पार्टीमा आबद्ध हुनेहरुको संख्या बढदै गएको छ ।’ चुनावमा तालमेल गरेर अगाडि बढ्ने बताए । उनले अबको निर्वाचनबाट नेकपा एकिकृत समाजवादीले विद्रोहको औचित्य पुुष्टि गर्ने पनि बताए ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे,केन्द्रीय सदस्य एंव प्रदेश अध्यक्ष राजुु गुुरुङ, केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाई,केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, भगवती घिमिरे लगायतका नेताहरुको उपस्थिती थियो ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ९ : ३९ बजे

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।