२२ पुस २०८२, मंगलबार | January 6, 2026

अनधिकृत संरचना हटाउन बालेन नयाँबानेश्वर र शंखमुलमा, अल्फाबिटा संचालकसँग नोकझोँक



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सहितको टोली बिहीबार नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन पुगेको छ ।

त्यसक्रममा नयाँ बानेश्वर क्षेत्रमा सडक पेटी मिचेर पार्किङ गराइरहेको अल्फा बिटाका संचालकसँग मेयर बालेनको नोकझोँक परेको छ । भवनको नक्शा मागेका बालेनलाई उल्टै नक्शा महानगरमा हुने बताएपछि अल्फाबिटाका संचालकलाई बालेनले ‘तपाईंको घरको नक्शा मसँग हुन्छ कि तपाईंसँग’ भन्दै थर्काएका थिए ।

अल्फाबिटाले भवनको अगाडिको भागमा सटर निकालेर सडक पेटीलाई प्रभावित पार्ने गरी फार्मेसी संचालन गरिरहेको छ ।

महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित सुरक्षाकर्मी लिएर पुगेको महानगर टोलीले अल्फाबिटाबाहेक शंखुमल क्षेत्रमा बनेका अनधिकृत संरचनाको अवलोकन गरेको छ ।

शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेको महानगरको टोलीसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने प्रतिबद्धता जनाएका छन् ।

महानगरको टोलीले बिहीबार सो क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ गर्ने स्थानमा व्यवसायका लागि भाडामा दिएपछि सो स्थान खाली गराउन निर्देशन दिएको छ ।

नयँ बानेश्वर क्षेत्रमा पनि महानगर टोलीले बिहीबार अनुगमन गरेको छ । गत सोमबार नयाँ बानेश्वरमै अन्डरग्राउन्डमा रहेका पसल हटाएको र अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्न्धरास्थित काठमाडौं मल, न्यूरोडको आरबी कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना भत्काएको थियो ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  १२ : ४९ बजे

निर्वाचनमा कुनै गठबन्धन हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न

सहसचिव प्रदीप परियारसहित ७ जनालाई विशेषले दियो सफाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित

कोशी मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशका

वीरगञ्जमा कर्फ्यू हट्यो, पाँच बुँदे सर्वपक्षीय सहमति

वीरगञ्ज । वीरगञ्जमा हिजोसाँझदेखि लगाईदै आएको कर्फ्यू हटाइएको छ ।

इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु

दुबई । इरानमा आर्थिक कठिनाइविरुद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको