२७ भदौ २०८३, शनिबार | September 12, 2026

हतियार देखाएर आईएमईमा लुटपाट



सर्लाही । सर्लाहीको दक्षिणी क्षेत्र गोडैता बजारमा सञ्चालनमा रहेको एक आईएमईमा दिन दहाडै लुटपाट भएको छ ।

शुक्रबार बिहान सर्लाहीको गोडैता नगरपालिका–८ बजारमा सञ्चालनमा रहेको आईएमई पसलमा लुटपाट भएको हो ।

चार जनाको समुहमा रहेका नकाबधारी समूहले हतियार देखाएर आईएमईबाट ८ लाखभन्दा बढी रकम लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटेरा समुह रकम लुटेर तत्काल फरार भएको स्थानीयले बताए । घटना स्थलबाट दुई सय मिटरको दुरीमा प्रहरीचौकी रहेको छ ।

लुटेरा समूहले आईएमईबाट एक थान कम्प्युटर सहित नगद ८ लाख ५० हजार रुपैयाँ लुटेर लगेको आईएमई संचालकको भनाई छ । बिहान १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह आएका र उनीहरुले हतियार देखाई लुटपाट गरेको सञ्चालक शुभनारायण पण्डितले बताए ।

घटनालगत्तै प्रहरी नायव उपरीक्षकको कमान्डमा त्यस क्षेत्रमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको हो । प्रहरी नायव उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १ : ४५ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले