३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

भक्तपुरमा ठूलो परिमाणमा खाद्यान्न जफत; १४ लाखको खाद्यान्न नष्ट, तीन लाख जरिवाना



भक्तपुर । भक्तपुर नगरपालिका–१ चुनदेवीस्थित ‘चुनदेवी खाद्य स्टोर’मा आज छापा मारी १४ लाख बराबरको विभिन्न ब्राण्डका चामल, दाल र तेल जफत गरी नष्ट गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले आज स्टोरमा छापा मारी म्याद गुज्रेका, घुन तथा कीरा परेको, कुहिएको चामल, दाल र तेल जफत गरी नष्ट गरेको हो ।

व्यापारी महेश ठकुल्लावटले सञ्चालन गरेको स्टोरको चार तले घर र एउटा टहरामा गोदाम गरी राखेको खाद्यान्नमध्ये कुहिएका चामल गोदामबाटै रिफाइन गरी पुनः प्याकेजिङ गरी बजारमा बिक्रीका लागि पठाउने गरिएको पाइएको हो ।

सहायक प्रजिअ शर्माले भने, “उपभोक्ताले दिएको उजुरीका आधारमा हामीले तत्कालै अनुगमन गरेका हौँ, तर यहाँ त अचम्मै देखियो, बिग्रिएका चामल रिफाइन गरी विभिन्न ब्राण्डका नयाँ बोरामा पुनःप्याकिङ गरी बिक्री गरिँदो रहेछ ।” व्यापारीले गोदामघरमै मेसिन राखी बोरामा कुहिएका, घुन र कीरा परेका चामललाई मेसिनमा राखेर कीरा, घुन छुट्याई, चामललाई पुनःसेतो बनाएर विभिन्न नामका बोरामा प्याकिङ गरेर त्यहीँ सिलाएर पुनःबिक्री गर्ने गरेको पाइएको उनले जानकारी दिए ।

टोलीले गोदाम घरबाट आज छ घण्टा लगाएर ११९ क्विन्टल चामल, नौ क्विन्टल ७५ किलो दाल र ६३६ लिटर तेल जफत गरी भक्तपुर नगरपालिकाद्वारा जगातीमा सञ्चालित प्राङ्गारिक मल उत्पादन केन्द्रमा लगेर नष्ट गरेको सहायक प्रजिअ शर्माले जानकारी दिए ।

उनले भने, “अब फेरि बजारका कुनै पनि खाद्य स्टोरमा यस्तो लापरवाहीको पराकाष्ठा देख्न नपरोस, प्रत्येक व्यवसायी र यसका छाता सङ्गठन उपभोक्ताको अधिकारप्रति जिम्मेवार बन्दै नियम पालना गर्नु पर्यो, एउटा पक्ष, व्यक्ति र निकायले मात्रै यो बेथितिलाई रोक्न सकिँदैन, त्यसैले सबै व्यवसायी, उपभोक्ता, जिम्मेवार नियामक निकायबीच सक्रिय समन्वय हुनुपर्यो अनि मात्रै रोक्न सक्छौँ ।”

उनले म्याद गुज्रेको सामान पुनःबिक्रीका लागि लगेको, खाद्य सामान फेरबदल गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको र नियमानुसार आजै रु तीन लाख जरिवाना गरिएको जानकारी दिए ।

अनुगमनमा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले यो अहिलेसम्मकै ठूलो परिमाणमा खाद्य सामग्री नष्ट गर्नुपरेको उल्लेख गरे । उनले यसैलाई आधार मानेर अरु व्यापारीलाई पनि यस्ता गल्ती नगर्न सचेत गराए । बिग्रिएको कुनै पनि खाद्यान्न बिक्री गर्न पाइँदैन, यहाँ त चामललगायतका खाद्यान्न पुनःप्याकेजिङ गरी बिक्री गरेको पाइयो भन्दै उनले यस्तो अधिकार व्यापारीलाई नभएको बताए

अनुगमनमा उद्योग वाणिज्य सङ्घ भक्तपुरका सचिव एवं सङ्घका अनुगमन समिति संयोजक विश्वराम दुवालले चामलमा घुन मात्रै नभई कीरा पनि भेटिएको, भुँइभरि चामल छरिएको, मुसाको लिँड चामलमा रहेको, कुहिएको चामल बिक्री गरेको पाइएको बताए । उनले बिग्रिएको एउटै चामल विभिन्न ब्राण्डका नयाँ बोरामा प्याकिङ गरी फरक मूल्यमा बिक्री गरेको भन्दै सामानको मूल्य लिएपछि राम्रो सामान बिक्री गर्नुपर्ने बताए ।

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले यो घट्ना व्यापारीको प्रतिनिधि घटना मात्रै भएको भन्दै बजारका धेरै व्यापारीले यस्तो धन्दा चलाएको सूचना आएकाले बजार अनुगमनलाई कडाइ गरेर कारबाहीलाई फराकिलो पार्नुपर्ने बताए । आम उपभोक्ता ठग्ने र उनीहरुको स्वास्थ्यमाथि खेलबाड गरेको पाइएको भन्दै उनले अब यस्ता गोदाममा छापा मार्नुपर्ने औषधि पसलसमेतमा छापा मारेर कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको जनाए।

व्यापारी ठकुल्लावटले भने घुन लागेको चामललाई सफा गरेर नयाँ बोरामा प्याकिङ गरेर बजारमा पठाउने गरेको स्वीकार्दै रिप्याकिङ गर्ने अनुमति लिनुपर्छ भन्ने थाहा पाए पनि थोरै परिमाणमा बिग्रने भएकाले अनुमति नलिएको जिकिर गरे । बिग्रिएको दाल खुल्लारूपमा बिक्री गर्ने, म्याद गुज्रिएको तेल दुनोट बनाउने व्यवसायीदेखि विभिन्न परिकार बनाउने होटलमा बिक्री गर्ने गरेको अनुगमनका क्रममा पाइएको छ ।

भक्तपुर नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले उक्त स्टोरलाई भक्तपुर नगरपालिकाले दुई पटक जरिवाना लगाए पनि अटेर गरेको बताए। जिल्ला प्रशासन कार्यालयले यसअघिको अनुगमनमा रु २५ हजार जरिवाना लगाएर सचेत गर्दा पनि अटेर गरेको पाइएको छ ।

अनुगमनपछि नेपाल रेडक्रस सोसाइटी भक्तपुरका परशुराम पाण्डेले व्यापारीले मानवीय स्वास्थ्यमाथि ठाडो खेलबाड गरेको बताए । उनले अनुगमनलाई फराकिलो र कारबाही कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । अनुगमनमा नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक निरन श्रेष्ठले व्यापारीले उपभोक्तालाई कसरी ठग्छन् भन्ने प्रत्यक्ष देखिएको भन्दै अन्यत्र पनि खोजी गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ८ : ४३ बजे

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका