६ बैशाख २०८३, आइतबार | April 19, 2026

सामूहिक बलात्कारीलाई रिहा गरेको विरोधमा भारतभर प्रदर्शन



नयाँ दिल्ली । मुस्लिम महिला बिल्किस बानोलाई सामूहिक बलात्कार गरेको आरोपमा आजीवन कारावासमा परेका ११ जनालाई रिहा गर्ने सरकारको निर्णयको विरोधमा भारतभर विरोध प्रदर्शन भएको छ । सन् २००२ मा गुजरात राज्यमा भएको धार्मिक दंगामा उनको परिवारका १४ सदस्यको पनि मृत्यु भएको थियो ।

ती पुरुष १५ वर्षको जेल सजायपछि रिहा भएका थिए । महिला र पुरुषले बलात्कारीलाई रिहा गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गर्दै नाराबाजी गरेका थिए । भारतीय फिल्म स्टार र महिला अधिकार अभियानकर्ता शबाना आजमीले राजधानी दिल्लीमा एएफपीसँग भनिन, ‘बिल्किस बानो र उनको परिवारलाई जे भयो त्यो हामीले हेर्न सक्दैनौं ।’

प्रदर्शनमा विद्यार्थीहरुको पनि सहभागीता छ । ‘यो कुरूपता र पितृसत्ता यति बढेको छ र यो बिन्दुमा सामान्य बनाइएको छ कि अब बलात्कार मानिसहरूको लागि सामान्य छ’, विद्यार्थी प्रदर्शनकारी अदितीले भनिन् ।

१०० भन्दा बढी सेवानिवृत्त निजामती कर्मचारीहरूले भारतका प्रधानन्यायाधीशलाई पत्र लेखेर बलात्कारीहरूको रिहाईले सबै महिलाहरूको सुरक्षामा नकरात्मक प्रभाव पार्ने जनाएका छन् । भारतले आफ्नो स्वतन्त्रताको ७५ औँ वर्षगाँठ मनाउँदै गर्दा गुजरात सरकारले १५ अगस्टमा दोषीहरूलाई रिहा गर्ने निर्णय गरेको थियो ।

एउटा भाइरल भिडियोमा गोधरा जेलबाहिर पुरुषहरू लाइनमा बसेका देखिएका छन् भने आफन्तहरूले उनीहरूलाई मिठाई दिएर सम्मान प्रकट गर्न खुट्टा छोएका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ८ : ५१ बजे

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’

एम्बुलेन्सको ठक्करबाट योग गुरु भूमी लामिछाने सहित २ जनाको मृत्यु

बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गएको छ

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका

कांग्रेसले पार्टी निकट प्रदेश मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेश

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम