१२ आश्विन २०८३, सोमबार | September 28, 2026

खानेतेल लिएर काठमाडौंं आउदै गरेको ट्रक जरेखेतमा दुर्घटना



मलेखु । विराटनगरबाट खानेतेल लिएर काठमाडौंं आउदै गरेको ना ५ ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ ।

सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

प्रनाउ रिमाललले भन्नुभयो,“प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो ।” दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ९ : १३ बजे

बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबी अध्यक्षलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को गभर्नर परिषद्को ११औँ वार्षिक

पहिरोले बैतडीको ढोल्यामोड-पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी । बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा

ललितपुरको धापाखेलमा पहिरोले घर ढल्यो

काठमाडौं । ललितपुरको धापाखेलमा पहिरोका कारण एउटा सिंगै घर ढलेर

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला । निरन्तर वर्षा एवं हिमपातले यहाँको जनजीवन प्रभावित भएको

कालीगण्डकीमा जलसतह घट्यो, विद्युत् उत्पादन सुरु गर्ने तयारी

वालिङ । कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत्