१६ माघ २०८२, शुक्रबार | January 30, 2026

मुक्तिनाथद्वारा बुटवलमा वित्तीय साक्षरता अभिमुखिकरण



बुटवल । मुक्तिनाथ बिकास बैंक लिमिटेडले बुटवलमा सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मुक्तिनाथको लघु बैंकिङ विभाग डेस्क कार्यालय बुटवल अन्तरगत रुपन्देही तथा पाल्पाका विभिन्न ५० बढी केन्द्रका प्रमुख तथा उपप्रमुखहरुलाई वित्तीय साक्षरता सम्बन्धि अभिमूखिकरण गरेको हो ।

रुपन्देहीका बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, सुद्धोधन गाउँपालिका र पाल्पाको तिनाउ गाउँपालिकामा रहेका महिलाहरुको लघुबैंकिङ केन्द्रका प्रतिनिधिहरु सहभागी कार्यक्रममा प्रमुख अतिथी बुटवल उपमहानगर उपप्रमुख सावित्रा अर्याल रहेकी थिइन् । लघुवित्तले महिलाहरुको वित्तीय साक्षरताका लागि कृषि, पशुपालन, घरेलु तथा साना उद्योग उञ्चालन लगायत उत्पादनसँग जोड्नेगरी लगानी गर्दै आएको बैंकले जनाएको छ । बैंकका केन्द्रीय कार्यालय प्रतिनिधि प्रेम थापा, क्षेत्रीय प्रतिनिधि राजेन्द्र घिमिरे, अनुगमन अधिकृत सागर अर्याल तथा बैंकका बुटवल शाखा प्रमुख कमल देवकोटाले बोल्दै सानो लगानीबाट पनि ठूलो उद्यमी बन्न सकिने बताए । कुनैपनि क्षेत्रमा लगानी गर्नुपूर्व त्यसको सम्भाव्यता अध्ययनमा जोड दिनु पर्ने उनीहरुको सुझाव छ ।

यसैगरी बैंकको समेत सेयर लगानी रहेको मुक्तिनाथ कृषि कम्पनीका प्रमुख सन्तोष अधिकारीले बजारको माग र आपूर्तिमा असन्तुलनका कारण समस्याहरु आउने गरेको बताए । उत्पादनपछि मात्रै बजार खोज्ने प्रचलनले मुल्य नपाउने समस्या रहेको बताउँदै उनले सरकार तथा स्थानीय तहहरुले समेत आफ्नो भूगोल सुहाउँदो परियोजनाहरु बनाउन आश्यक रहेको बताए ।

नेपालमा आर्थिक बिकासको प्रमुख आधार नै कृषि उत्पादन भएको बताउँदै उनले कृषिलाई सम्मान दिनु पर्ने तथा कृषिलाई संस्थागत गराउन आवश्यक रहेको औल्याए । युवा पुस्तामा कृषिको आकर्षणका लागि आधुनिक कृषि औजार तथा प्रविधिसँग जोड्न आवश्यक रहेको सहभागीहरुले बताए । मुक्तिनाथ लघु बैंकिङ बुटवलका डेस्क प्रमुख विकेक थारुको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ३ : ४५ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य