२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नासाको जेम्स वेब टेलिस्कोपमा किन ठोकिन्छ छुद्र ग्रह ?



न्युयोर्क । नासाले मे महिनामा संसारको सबैभन्दा ठूलो र शक्तिशाली स्पेस टेलिस्कोप जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्लुएसटी)मा एक क्षुद्रग्रह ठोकिँदा ठूलो क्षति भएको जनाएको छ ।

यो टेलिस्कोप युरोपेली स्पेस एजेन्सी (ईएसए) र क्यानेडेली अन्तरिक्ष निकाय (सीएसए)को सहकार्यमा नेसनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले निर्माण गरेको हो ।

यो बहुमूल्य प्रविधिबाट बनेको छ । अन्तरिक्षमा यसअघि पहुँच नभएका घटनाक्रम र वस्तुस्थिति निरीक्षण गर्न अन्तरिक्ष टेलिस्कोपमा ठूलो ऐना राखिएको छ । परियोजनाको दीर्घायुलाई लिएर चिन्ता उठाइएको छ । किनकी सन् २०२२ को मेमा क्षुद्रग्रह ठोकिँदा पहिले अनुमान गरेभन्दा टेलिस्कोपलाइ ठूलो क्षति भएको थियो ।

स्थापनापछि वेब टेलिस्कोपमा ६वटा माइक्रोमेटियोराइटहरूले प्रहार गरिसकेका छन् । त्यस्तै, पाँचवटा उल्कापिण्डले टेलिस्कोपमा नगण्य मात्रामा क्षति पुर्‍याएको र छैटौंले जेडब्लूएसटीलाई केही क्षति पु-याएको छ । उल्कापिण्डले कुनै एउटा प्यानलमा क्षति पुगेकोले यसले वेब टेलिस्कोपको तस्बीर लिने क्षमतालाई असर नगर्ने बताइन्छ । एजेन्सी

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  १२ : ५७ बजे

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक