२० बैशाख २०८३, आइतबार | May 3, 2026

बुटवलमा बहुतले पार्किङस्थल अध्ययनको प्रक्रिया शुरु



बुटवल । बुटवलमा बहुतले पार्किङस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अघि बढेको छ । बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा डीपीआर तयारका लागि सम्झौता भएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार परामर्शदाता कम्पनीले बुटवलस्थित लुम्बिनी बस टर्मिनलको क्षेत्रभित्र बहुतले कार पार्किङका लागि लगानी र डिजाइनको काम गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

बस टर्मिनल क्षेत्रको दक्षिणपट्टिको भागमा बहुतले पार्किङ भवन बनाउनका लागि लागत र डिजाइन तयार भइसकेपछि पुनः निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाउने उनले बताए ।

नगरविकास कोषको ९० प्रतिशत लगानी र बुटवल उपमहानगरपालिकाको १० प्रतिशत लगानी हुनेगरी बुटवलमा बहुतले पार्किङ तयार हुने उनको भनाई छ । परामर्शदाता कम्पनीले ४ महिनाभित्र बहुतले पार्किङको डिजाइन स्टिमेट र टेण्डर डकुमेन्टसमेतको काम गर्ने शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए ।

बुटवलमा बढ्दो शहरीकरणका कारण बढ्दै गएको ट्राफिक व्यवस्थापनका लागि बहुतले पार्किङस्थल उपयोगी हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले बुटवलमा बहुतले पार्किङ आवश्यक भएकाले नगर विकास कोष र बुटवल उपमहानगरपालिकाको संयुक्त लगानीमा आधुनिक पार्किङ भवन निर्माण हुने बताए ।

 

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ५ : २६ बजे

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई