८ बैशाख २०८१, शनिबार | April 20, 2024

बुटवलमा बहुतले पार्किङस्थल अध्ययनको प्रक्रिया शुरु



बुटवल । बुटवलमा बहुतले पार्किङस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अघि बढेको छ । बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा डीपीआर तयारका लागि सम्झौता भएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार परामर्शदाता कम्पनीले बुटवलस्थित लुम्बिनी बस टर्मिनलको क्षेत्रभित्र बहुतले कार पार्किङका लागि लगानी र डिजाइनको काम गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

बस टर्मिनल क्षेत्रको दक्षिणपट्टिको भागमा बहुतले पार्किङ भवन बनाउनका लागि लागत र डिजाइन तयार भइसकेपछि पुनः निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाउने उनले बताए ।

नगरविकास कोषको ९० प्रतिशत लगानी र बुटवल उपमहानगरपालिकाको १० प्रतिशत लगानी हुनेगरी बुटवलमा बहुतले पार्किङ तयार हुने उनको भनाई छ । परामर्शदाता कम्पनीले ४ महिनाभित्र बहुतले पार्किङको डिजाइन स्टिमेट र टेण्डर डकुमेन्टसमेतको काम गर्ने शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए ।

बुटवलमा बढ्दो शहरीकरणका कारण बढ्दै गएको ट्राफिक व्यवस्थापनका लागि बहुतले पार्किङस्थल उपयोगी हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनले बुटवलमा बहुतले पार्किङ आवश्यक भएकाले नगर विकास कोष र बुटवल उपमहानगरपालिकाको संयुक्त लगानीमा आधुनिक पार्किङ भवन निर्माण हुने बताए ।

 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : २६ बजे

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या