११ बैशाख २०८१, मंगलबार | April 23, 2024

एभोकाडोमा रोगको प्रकोप बढेपछि चिन्तामा किसान



धनकुटा । कृषि अभियन्ता जीवनकुमार राईको विशेष पहल र सक्रियतामा २०७५ असार ९ गते धनकुटा नगरपालिकाले एक कार्यक्रम गरेर धनकुटालाई एभोकाडो (घ्यू फल) को राजधानी घोषणा ग¥यो ।

यसको प्रभावले धनकुटामा प्रति केजी ५० रुपैयाँमा बिक्री हुँदै गरेको एभोकाडोको मूल्य बढेर चार सय ५० भन्दामाथि मात्र पुगेन त्यसपछि धनकुटा नगरपालिकामा एभोकाडो नभएको घर र गल्ली भएनन् । विसं २०७५ मा १४ हजार बिरुवा भएको नगरपालिकामा उक्त घोषणाको प्रभावले २०७८ सालसम्ममा बिरुवा रोपणको सङ्ख्या वृद्धि भएर ५५ लाख पुगेको नगरपालिकाको तथ्याङ्क छ ।

नगरमा भएको चार सय ४० रोपनी एभोकाडो खेती दुई सय प्रतिशतले वृद्धि भएर चार वर्षमा १२ हजार ९९ रोपनी पुगेको छ । खेती विस्तारसँगै बिरुवाको माग अधिक भएपछि पाँच वटा नर्सरीबाट वृद्धि भएर अहिले नगरमा मात्र एक सय ३७ वटा नर्सरी सञ्चालन रहेको नगरको तथ्याङ्क छ । राजधानी घोषणा कार्यक्रमले नगरमा मात्र होइन अहिले धनकुटा जिल्लाको विभिन्न सात स्थानीय तहमा समेत एभोकाडो खेतीको विस्तार भइरहेको छ ।

तर एभोकाडो खेतीको व्यापक विस्तारसँगै त्यसमा विभिन्न रोगप्रकोपको समस्या देखिन थालेपछि किसान समस्यामा पर्न थालेका छन् । दुई दशक अघिदेखि एभोकाडो खेती विस्तारमा लागेका धनकुटा बहुमुखी क्याम्पसका प्राध्यापक तथा धनकुटा नगरपालिका-६ कचिङ्डेका अगुवा किसान ज्योति पोखरेलले रोगको प्रकोपकै कारण आफू ग्राफ्टिङ बिरुवा उत्पादनमा लागेको बताउछन । विसं २०५० मा आफूसँग भएको एक बोट एभोकाडोबाट चार रोपनीमा विस्तार गरेको बगैँचामा तीन देखि १० वर्षभित्रमा विस्तारै बोट मर्न थालेपछि आफू बिरुवा उत्पादन तथा बिक्रीमा लागेको पोखरेलले बताए ।

हाल ७५ बोट बिरुवाबाट ग्राफ्टिङ बिरुवा उत्पादन गरिरहेका पोखरेलले भने, “बिरुवामा समस्या देखिएपछि प्राविधिकलाई सोधेर औषधि उपचार गर्दा झन बिरुवामा असर देखियो ।” त्यसपछि आफ्नै स्वविवेकमा बिरुवाको उपचार गर्दै आए पनि त्यसले खासै उपलब्धि नभएकाले आफू बिरुवा उत्पादनमा लागेको उनको भनाइ छ । हाल नेपालमा एभोकाडो प्राविधिक र विज्ञ कोही नभएकाले एभोकाडोको सही उपचार हुन सम्भव नभएको पोखरेलको भनाइ छ । “विदेशबाट दक्ष प्राविधिक ल्याएर यहाँका प्राविधिकलाई सीप हस्तान्तरण गरेमात्र यसको समधान हुने देखिन्छ”, पोखरेलको सुझाव छ ।

त्यस्तै गएको पाँच वर्षअघि २० रोपनीमा एक सय ५० बिरुवा लगाएका धनकुटा-४ ठोका गाउँका कृषक अघमशेर छाराले पनि बोट मर्ने, फल अत्यधिक झर्ने र कुहिने समस्या देखिएको जानकारी दिए । “रोपेको दुईरतीन वर्षमा बोट तथा टुप्पो सुक्ने, ओइलाउने र पुरानो बोटमा फल झर्ने समस्या देखिन थालेको छ” उनले भने । बिरुवाको उपचार आवश्यक भए पनि पुरानै फलफूलको रोगको निदान नभइरहेको बेला एभोकाडोको उपचार हुन्छ भन्नेमा छारालाई विश्वास छैन ।

त्यस्तै छथर जोरपाटी गाउँपालिका-४ तेलिया मार्से गाउँमा ३१ रोपनीमा एभोकाडो खेती गरिरहेका प्रेम लिम्बू (पारघरी) ले पनि आफ्नो बगैँचामा फल झर्ने समस्या देखिन थालेको बताए । “दसैँपछि प्राविधिक खोज्न जाने सोचमा छु” उनले भने । अठार वर्षअघि रहरले एक बोट एभोकाडो रोपेका लिम्बूले गएको चार वर्षयता एक सय ५० बोट बिरुवा रोपेर उत्पादन सुरु गरेको जानकारी दिए ।

अत्यधिक रोगको प्रकोप देखिएको समयमा कृषि अभियन्ता राईले समाधानका लागि पहल भइरहेकाले सबैलाई धैर्य गरेर खेती गर्न सुझाव दिए । “आशावादी प्लेन उडाउँछन्, निराशावादी प्लेनबाट हामफाल्न खोज्छन्”, राईले भने, “हरेक खेतीमा समस्या आउँछन् । आशावादी हुनुहोस्, समाधान हुँदै जान्छ ।”

उता कृषि अनुसन्धान केन्द्र पाख्रिबासका प्रमुख डा गोविन्द तिम्सिनाले धनकुटा नगरपालिका र केन्द्रको साझेदारीमा रोगको परीक्षण भएर उपचार पत्ता लागिसकेको जानकारी दिए । “रोगको अनुसन्धान गरेर उपचारका विधिसहित हामीले नगरलाई सबै प्रतिवेदन बुझाएका छौँ”, उनले भने “अब नगरको कृषि शाखाबाट किसानले सेवा लिन सक्नेछन् ।”

यस विषयमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पनि अब केही किसान एभोकाडो उपचारका लागि आएमा नगरपालिकाको कृषि शाखाले सेवा दिने जानकारी दिए । “किसान समस्या लिएर आएमा हामी तयार छौँ”, तामाङले भने । विसं २०७५ मा ७७ हजार सात सय ५० केजी एभोकाडोको उत्पादन रहेको नगरमा उक्त उत्पादन वृद्धि भएर गतवर्ष दुई लाख ३९ हजार चार सय १८ केजी पुगेको छ ।

एभोकाडो बिक्रीबाट २०७५ सालमा रु २३ लाख ३२ हजार पाँच सय भित्रिएको नगरमा गत वर्ष एक हजार दुई सय ७१ प्रतिशतले वृद्धि भई रु तीन करोड १९ लाख ८३ हजार पुगेको छ । हाल धनकुटा नगरपालिकामा मात्र चार हजार नौ सय २६ घरपरिवार एभोकाडो खेतीमा आबद्ध रहेको नगरपालिकाको तथ्याङ्क छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ५ : ५६ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना