३ चैत्र २०८२, मंगलबार | March 17, 2026

म बुढो भए पनि मेरा विचारहरु जवान छन्- नेता खनाल



सुर्खेत । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू उमेरले बुढो भए पनि विचार जवान भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुर्खेतले बुधबार सुर्खेत आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले, नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको बताएका हुन् ।

उनले भने ‘हाम्रा सामू अनेक चुनौती छन् । सुरुवातमा जब नेपाल कम्युनिष्ट पार्टी थालनी भयो त्यसै दिनबाट कम्युनिष्ट क्रान्तिको सुरुवात भएको थियो । बिगतदेखि नै हाम्रो कम्युनिष्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिष्ट क्रान्ति माथि प्रहार भयो । र पार्टी भित्र पटक पटक विद्रोह भयो ।’

बिगतलाई नबुझि वर्तमान बुझिन्न र वर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले हाम्रो देशको परिवर्तन छापामार, र जनयुद्धबाट होइन जनविद्रोहवाट सम्भाव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको बताए ।

‘एकपछि अर्को पिढी आउँछ तर बिचार कहिले पनि बुढो हुँदैन भन्दै क्रान्तीमा लागिसकेपछी हामी एकछिन पनि आराम लिनुहुँदैन । हामी अहिले नयाँ क्रान्तिमा आएका छौं’, उनले भने ।

‘२०७४ सालको स्थानीय निर्वाचनको परिणामले बालुवाटार जाने लक्ष बनाएर त्यतिबेलाको नेतृत्वले एमाले र माओवादीबीच चुनावी तालमेल सहितको पार्टी एकताको घोषणा गर्‍यो । यो एक उपलब्धि त थियो तर त्यो दुई तिहाईको सरकारले न जनताको लागि काम गर्यो नत सर्वसाधारणको लागि सबै समृद्धि त सपना मात्र भए, कृषि क्रान्ति गर्न बैज्ञानिक सेवा दिनसक्ने हो भने यो देशका लाखौ जनताहरु कम्युनिष्ट पार्टी छोडेर कतै जादैनन तर त्यतिबेला केपि ओलिको दिमागमा कहिले घुसाउन सकिएन । हाम्रो देशमा अनेक सम्भावना छन् । जसलाई औद्योगिकरण गर्न सकेमात्र धेरै ठूलो उपलब्धि हुनेछ’ उनले भने ।

विगत सम्झदै नेता खनालले भने, ‘एउटा राजाले त उद्योग बनाउँछन्, कलकारखाना खोल्छन् भने दुई तिहाईको कम्युनिष्टको सरकारले यस्ता कामहरु गर्न नसक्दा आज केपी ओलि यो ठाउँमा पुगेका छन् र अझै यो भन्दा तल्लो स्तरमा पुग्दैछन् । जनताका सामु अनुहार देखाउन नसकिने स्थिती आएपछी हामीले यो विकल्प रोजेका हौं’ उनले भने ।

आफूहरुको विद्रोह संविधानको रक्षा गर्न, संसदलाई बचाउनका निम्ति र विचारलाई बचाइ राख्नको लागि भएको उनले बताए । अब समाजवादी क्रान्तिलाई अगाडि बढाउन लाग्नु पर्ने उनलको भनाइ छ ।

 

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ६ : ५८ बजे

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक