३१ भदौ २०८३, बुधबार | September 16, 2026

सीट बाँडफाँड टुंग्याउने गठबन्धनका शीर्ष नेताको तयारी



काठमाडौं । गठबन्धन कार्यदलले नसकेपछि शीर्ष नेता नै सीट बाँडफाँड टुंगो लगाउने तयारीमा जुटेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने सहमति गरिसकेको छ । त्यसका लागी सीट बाँडफाँड गर्न कार्यदल गठन गरेको छ ।

तीन सातादेखि छलफलमा रहेको कार्यदलले सीट बाँडफाँडमा सहमति जुटाउन सकेको छैन । कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेता नै सीट बाँडफाँडको टुंगो लगाउने तयारीमा जुटेका हुन् ।

यसका लागि आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक बस्दै छ । आजको बैठकबाट सीट बाँडफाँड टुंग्याउने तयारी गरिएको कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । बुधबारको बैठकमा सीट बाँडफाँडका विषयमा व्यापक छलफल भएको नेता कार्कीले बताए ।

उनका अनुसार आजको बैठकबाट सीट बाँडफाँट टुंगो लगाउने सहमति बनेको छ । त्यस्तै, भदौ २० गतेभित्र निर्वाचन क्षेत्रको पनि टुंगो लगाइने भएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ८ : ३५ बजे

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’ र ‘सर्टिफिकेट कोर्स’का लागि आवेदन आह्वान

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप