काठमाडौं । गठबन्धन कार्यदलले नसकेपछि शीर्ष नेता नै सीट बाँडफाँड टुंगो लगाउने तयारीमा जुटेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने सहमति गरिसकेको छ । त्यसका लागी सीट बाँडफाँड गर्न कार्यदल गठन गरेको छ ।
तीन सातादेखि छलफलमा रहेको कार्यदलले सीट बाँडफाँडमा सहमति जुटाउन सकेको छैन । कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेता नै सीट बाँडफाँडको टुंगो लगाउने तयारीमा जुटेका हुन् ।
यसका लागि आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक बस्दै छ । आजको बैठकबाट सीट बाँडफाँड टुंग्याउने तयारी गरिएको कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । बुधबारको बैठकमा सीट बाँडफाँडका विषयमा व्यापक छलफल भएको नेता कार्कीले बताए ।
उनका अनुसार आजको बैठकबाट सीट बाँडफाँट टुंगो लगाउने सहमति बनेको छ । त्यस्तै, भदौ २० गतेभित्र निर्वाचन क्षेत्रको पनि टुंगो लगाइने भएको छ ।


















प्रतिक्रिया