३ आश्विन २०८३, शनिबार | September 19, 2026

एमाले कैलालीका पूर्वअध्यक्ष थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश



धनगढी । एमाले कैलालीका पूर्वअध्यक्ष रतन थापा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा चुनाव हराउन भूमिका खेलेको भन्दै एमाले प्रदेश कमिटीले थापालाई २४ असारमा अध्यक्ष पदबाट हटाएको थियो । एमालेबाट कारबाहीमा परेका थापा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीमा लागेका हुन् ।

उनीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद कैयालाल चौधरी पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेको सो पार्टीका नेता लक्ष्मण थारुले बताए ।

‘कैलालीमा कांग्रेस र एमालेबाट धेरै नेता कार्यकर्ता उन्मुक्ति पार्टीमा प्रवेश गर्दैछन्,’ उनले भने, ‘अहिले उहाँहरूका मागका विषयमा छलफल भइरहेको छ ।’ आगामी निर्वाचनबाट नागरिक उन्मुक्ति पार्टी देशको वैकल्पिक शक्ति बन्ने दाबी गरेका उनले प्रदेश, ५, ७ र २ मा आफ्नो पार्टीको सरकार बन्ने बताए ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  १२ : ५१ बजे

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी