२३ बैशाख २०८३, बुधबार | May 6, 2026

गृहमन्त्री खाँण प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ बाट सिफारिस, ३ बाट पनि खाँणकै नाम जान सक्ने



बुटवल । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-२ बाट सिफारिस भएका छन् ।

नेपाली कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो ।

रुपन्देही-२ मा २०७४ सहित त्यसअघिका तीनवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन् । खाँण २०७४ को निर्वाचनमा रुपन्देही-३ बाट समानुपातिकमा बसेका थिए ।

कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले गृहमन्त्री खांण रुपन्देही ३ बाट पनि सिफारिस हुन सक्ने बताए । कांग्रेस नेता गिरी भने २०७४ को चुनावमा पौडेलसँग पराजित भएका थिए ।

चुन्नु पौडल निजी अस्पताल, चाउचाउ, हाउजिङ, होटेल र सुर्तीलगायत उद्योगका सञ्चालक हुन् ।

यस्तै, रुपन्देही ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा कांग्रेसले प्रमोद यादवलाई एकल सिफारिस गरेको छ । उनी २०७४ को चुनावमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ३ : ३६ बजे

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण

अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको