बुटवल । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-२ बाट सिफारिस भएका छन् ।
नेपाली कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो ।
रुपन्देही-२ मा २०७४ सहित त्यसअघिका तीनवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन् । खाँण २०७४ को निर्वाचनमा रुपन्देही-३ बाट समानुपातिकमा बसेका थिए ।
कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले गृहमन्त्री खांण रुपन्देही ३ बाट पनि सिफारिस हुन सक्ने बताए । कांग्रेस नेता गिरी भने २०७४ को चुनावमा पौडेलसँग पराजित भएका थिए ।
चुन्नु पौडल निजी अस्पताल, चाउचाउ, हाउजिङ, होटेल र सुर्तीलगायत उद्योगका सञ्चालक हुन् ।
यस्तै, रुपन्देही ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा कांग्रेसले प्रमोद यादवलाई एकल सिफारिस गरेको छ । उनी २०७४ को चुनावमा निर्वाचित भएका थिए ।



















प्रतिक्रिया