बुटवल । नेपाल आयल निगमले आज राती १२ बजेबाट लागु हुनेगरि डिजल र मट्टितेलको मुल्य बृद्दी गरेको छ । पछिल्लो १५ दिनमा अन्तरराष्ट्रिय बजारमा मुल्य बढेका कारण मुल्य बढाउनु परेको निगमले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।
अन्तरराष्ट्रिय मुल्यका आधारमा स्वचालित मुल्य समायोजन भनेपनि बिगत १ महिना देखि लगातार अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घट्दा निगमले भने मुल्य घटाएको थिएन ।
निगमले डिजल र मट्टितेलमा प्रति लिटर ६ रुपैयाँ बढाएको हो । बढेको मुल्य अनुसार अव डिजल तथा मट्टितेल प्रति लिटर १७८ रुपैयाँ तिर्नु पर्ने छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मुल्य भने यथावत राखिएको छ ।
बढेको मुल्यमा पनि निगमलाई १५ दिनमा ३० करोड ५२ लाख घाटा हुने विज्ञप्तिमा उल्लेख छ ।
[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/09/NOC-pressRelease.pdf”]


















प्रतिक्रिया