२५ श्रावण २०८३, सोमबार | August 10, 2026

६० वर्षमा चार हजारभन्दा बढी अमेरिकी स्वयंसेवकले नेपालमा काम गरे



काठमाडौं । नेपालमा बितेका ६० वर्षमा चार हजारभन्दा बढी अमेरिकी स्वयंसेवकले काम गरेका छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सन् १९६२ सेप्टेम्बरयता हालसम्म उक्त संख्यामा अमेरिकी स्वयंसेवकले नेपालमा काम गरेका हुन् ।

‘यो महिना पिस कोर–नेपालले पिस कोर स्वयंसेवकहरूको पहिलो समूह काठमाडौँ आइपुगेको अवसरको ६० औँ वर्षगाँठ मनाउँदै छ,’ अमेरिकी दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् १९६२ देखि झन्डै ४ हजार अमेरिकीहरूले नेपालमा स्वयंसेवक भई सेवा गरेका छन् ।’

पहिलो पटक सन् १९६२ को सेप्टेम्बर महिनामा ७० भन्दा बढी अमेरिकी स्वयंसेवकहरू काठमाडौँ आइपुगेका थिए ।

उनीहरूले नेपालभर मुख्यतः विद्यालय र कलेजहरूमा सेवा गरी नेपाल र अमेरिकाबिच दिगो सम्बन्धको सृजना गरेको दूतावासको दाबी छ ।

उनीहरुले शिक्षा, वातावरण, कृषि, प्राकृतिक स्रोतसाधन र आर्थिक विकासलगायत क्षेत्रमा परियोजनाहरू सम्पन्न गरेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो ।

सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडिले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वका १४२ मुलुकमा सेवा गरिसकेका छन् ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ३ : ०४ बजे

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वअर्थमन्त्री कार्की १५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको