२५ पुस २०८२, शुक्रबार | January 9, 2026

६० वर्षमा चार हजारभन्दा बढी अमेरिकी स्वयंसेवकले नेपालमा काम गरे



काठमाडौं । नेपालमा बितेका ६० वर्षमा चार हजारभन्दा बढी अमेरिकी स्वयंसेवकले काम गरेका छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सन् १९६२ सेप्टेम्बरयता हालसम्म उक्त संख्यामा अमेरिकी स्वयंसेवकले नेपालमा काम गरेका हुन् ।

‘यो महिना पिस कोर–नेपालले पिस कोर स्वयंसेवकहरूको पहिलो समूह काठमाडौँ आइपुगेको अवसरको ६० औँ वर्षगाँठ मनाउँदै छ,’ अमेरिकी दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् १९६२ देखि झन्डै ४ हजार अमेरिकीहरूले नेपालमा स्वयंसेवक भई सेवा गरेका छन् ।’

पहिलो पटक सन् १९६२ को सेप्टेम्बर महिनामा ७० भन्दा बढी अमेरिकी स्वयंसेवकहरू काठमाडौँ आइपुगेका थिए ।

उनीहरूले नेपालभर मुख्यतः विद्यालय र कलेजहरूमा सेवा गरी नेपाल र अमेरिकाबिच दिगो सम्बन्धको सृजना गरेको दूतावासको दाबी छ ।

उनीहरुले शिक्षा, वातावरण, कृषि, प्राकृतिक स्रोतसाधन र आर्थिक विकासलगायत क्षेत्रमा परियोजनाहरू सम्पन्न गरेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको एउटा अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो ।

सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडिले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकीहरूले विश्वका १४२ मुलुकमा सेवा गरिसकेका छन् ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ३ : ०४ बजे

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

कांग्रेस बाँकेमा विज्ञप्तिको दोहोरी

नेपालगन्ज । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागका आधारमा