३ आश्विन २०८३, शनिबार | September 19, 2026

नेपालमै पहिलो पटक बुटवल उपमहानगरपालिकामा उपबिजेताको कार्यकक्ष



बुटवल । बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो पटक निर्वाचनमा प्रतिद्वन्द्वी उपबिजेताका लागि कार्यकक्षको व्यवस्था गरिएकोे छ । आफैसँग पराजय भएका उपबिजयतासँग पनि सहकार्य र सहमति गर्ने गरि उपमहानगर परिषर भित्रै कार्यकक्ष बनेको नेपालमा यो नै पहिलो हो । उपबिजयतासँगै पूर्वमेयरहरुका लागि पनि छुट्टै कार्यकक्ष स्थापना गरिएको छ ।

संविधानले स्थानीयतहमा विपक्षिको व्यवस्था नगरेको र लोकतन्त्रमा उपबिजयता र विपक्षिको महत्व हुने भएकाले बुटवलबाट उपबिजयताको कार्यकक्ष बनाउन शुरु गरिएको बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले बताए । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले कार्यकक्षको उद्घाटन गरेका छन् । उनले निर्वाचनकै बेला पूर्व मेयर र उपबिजयताका लागि कार्यकक्ष बनाउने घोषणा गरेका थिए ।

बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपबिजेताहरुका सम्पर्क कक्ष स्थापना गरिएको उनले बताए । उनले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै साझा मञ्चका रुपमा स्थापिन गर्नका लागि साझा कक्ष स्थापना गरिएको पनि बताए ।

उनले सो कार्यकक्षको उपयोग गर्दै उपमहानगरको नेतृत्वलाई सल्लाह, सुझाव र कमजोरी समेत औंल्याइदिन उपबिजयता सहित पूर्वजनप्रतिनिधिहरुलाई आग्रह गरे ।

कार्यकक्षको स्थापना गरिएपनि उदघाटन कार्यक्रममा उपजिेता सहित पूर्व मेयरहरु अनुपस्थित थिए ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ३ : ५७ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय